बलिउडकी क्विन कंगनाको ‘धाकड’ फ्लप हुने पाँच कारण

नेपालबहस संवाददाता
जेठ १३, २०७९ शुक्रबार १७:१८:५८

१३ जेठ, काठमाडौं । कंगना रनावत ‘बलिउडकी क्विन’ हुन् भन्ने कुरामा दुई मत छैन । उनले ‘फेसन’, ‘तनु वेड्स मनु’, ‘क्वीन’, ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ र ‘कृष ३’ जस्ता सुपरहिट फिल्ममा अभिनय गरेकी छन् ।
निरन्तर हिट फिल्म दिइरहँदा उनका अन्य फिल्महरुले पनि त्यसरी नै सफलता पाउने फिल्मका व्यापार विश्लेषक तथा समीक्षकको अनुमान थियो । तर, उनको पछिल्लो रिलिज फिल्म ‘धाकड’ यो मामलामा चुक्यो ।
यो फिल्म बक्स अफिसमा पूर्ण रुपमा फ्लप भयो, जसकारण कंगना निकै ट्रोल पनि बनिन् । उनको फिल्म किन असफल भयो भन्ने विषयमा आ(आफ्नै आँकलन गरिएका छन् । तर यहाँ प्रमुख पाँच कारण प्रस्तुत गरिएको छः
भुल भुलैया २
कार्तिक आर्यन र कियारा आडवाणी स्टारर फिल्म ‘भुल भुलैया २’ र कंगनाको फिल्म ‘धाकड’ २० मे २०२२ मा एकसाथ थिएटरमा रिलिज भए । रिलिजअघि ‘धाकड’को अगाडि ‘भुल भुलैया(२’ असफल हुने आँकलन गरिएको थियो । तर जब फिल्म रिलिज भयो, माहौल फरक देखियो । ‘भूल भुलैया २’ले पहिलो दिन जोडतोडका साथ कमाई गर्यो, यो मामलामा ‘धाकड’ असफल साबित भयो । फिल्म समीक्षक तथा व्यापार विश्लेषकले ‘धाकड’सँग ‘भूल भुलैया २’ प्रदर्शन नभएको भए कंगनाको फिल्मले राम्रो व्यापार गर्ने बताइरहेका छन् ।
कथाको अभाव
केही दर्शक छन्, जो आफूले अहिलेसम्म नहेरेको र नसुनेको कथा फिल्ममा हेर्न चाहन्छन् । तर, कंगनाको फिल्मको मामलामा दर्शकको चाहना पूरा हुन सकेन । उनको फिल्म मानव तस्करीमा आधारित छ । जबकी यस्तै कथामा यसअघि ‘शिवाय’, ‘पाखी’ जस्ता कैयौं फिल्म बनिसकेका छन् ।
आकर्षक निर्देशनको खडेरी
कुनै पनि फिल्म पहिला कथा अनि दृश्यको निर्देशनमा आधारित हुन्छ । यदि कथामा दम छैन, तर निर्देशन जबरजस्त छ भने त्यसले दर्शकलाई हलतिर आकर्षित गर्छ । तर, कंगनाको फिल्ममा दुवै कुराको अभाव खड्कियो । यो फिल्मको निर्देशन रजनीश घईले गरेका हुन् ।
ओभर एक्शन
‘धाकड’ नामले नै यो फिल्म एक्सन फिल्म हो भन्ने सबैलाई अनुभव हुन्छ । तर, आजको समयमा केबल एक्सनले मात्र फिल्म चल्दैन । यदि फिल्ममा एक्सनसँगै केही आकर्षक संवाद र कमेडी हुँदैन भने दर्शकले एक्सनमा अल्छी मान्छन् । ‘केजीएफ २’ र ‘आरआरआर’ एक उत्कृष्ट उदाहरण हो । यो फिल्म एक्सनमै आधारित थियो, तर यसमा प्रयोग भएका केही रोचक विषय र कमेडीले दर्शकलाई मनोरञ्जन दिएको थियो ।
विवादित कंगना
कंगना रनावट आफ्नो विवादित बोलीका कारण सधैं चर्चामा आउँछिन् । यस्तो मामलामा समीक्षकहरूले उनको फिल्म फ्लप हुनुमा उनको कडा र तिखो बोलीलाई पनि मानेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
‘सनम तेरी कसम’ बन्यो रि–रिलिजमा सबैभन्दा बढी कमाउने फिल्म
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार