निर्वाचित जनप्रतिनिधिलाई सयौं बधाईः सम्मान या चाकडी ?
यज्ञप्रसाद भट्टराई
जेठ १४, २०७९ शनिबार १३:४५:५१
देशले गणतन्त्रको बिरुवा रोपेर पहिलो फसल भित्र्याइसकेको छ । कस्तो फल लाग्यो ? भनेर गणतन्त्रको स्वाद पनि चाखिसकेको छ । तीन तहको राजनीतिक संरचना निर्माण गरी मुलुक बनाउने र राजधानीमा अवस्थित सिंहदरबारको अधिकार सबै नगर तथा गाउँमा पु-याउने उद्घोषका साथ २०७४ सालमा पहिलो स्थानीय तह, प्रदेश तह र संघीय निर्वाचनमा होमिएका राजनीतिक दलहरुले के र कति अधिकार गाउँ/नगरमा पु-याए ? भन्ने प्रश्न भने अहिले पेचिलाे बनेकाे छ ।
पाँच बर्षकाे याे अवधिमा नेपाली जनता र तीनै तहको सरकार सञ्चालनमा रहेका राजनीतिक दलहरु दुबै पक्षबाट मूल्यांकन भएकै होला भन्ने ठान्दछु । जनता सचेत भए भने राजनीति सङ्लाे हुन्छ, यस कुरामा दुईमत रहेन तर यसो भनिरहँदा के जनता अचेत भएकै कारण राजनीति फोहोर भएको हो त ? यो पनि विश्वासयोग्य तर्क रहेन ।
राजनीति गर्ने व्यक्तिहरुका पटकपटकका बहुरुपी दृश्यहरुको अनुमान लगाउन सक्ने कुनै यन्त्र सायद अहिलेसम्म कुनै पनि मुलुकमा निर्माण नभइसकेको हुनुपर्छ । त्यो यन्त्र नेपालमा सहजै उपलब्ध हुने कुरै भएन । त्यसैले को व्यक्ति ठिक र को व्यक्ति बेठिक या गलत भनेर ठ्याक्कै ठोकुवा गरेर भन्न सक्ने अवस्था पनि रहेन ।
निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरिसकेपछि उ सबै जनताको जनप्रतिनिधि हुनपर्ने हो । तर हाम्रो संस्कार र परम्पराले त्यसलाई अझैसम्म पनि पचाउन सकिरहेको देखिँदैन । केबल दलका झण्डा घुमाउँदै निर्वाचित जनप्रतिनिधिहरुलाई हाट बजार र चोक चोकमा घुमाउने गाईजात्रे परम्पराले स्वयं लोकतन्त्रलाई नै गिज्याइरहेको देखिन्छ ।
अहिले भर्खरै बैशाख ३० गते देशमा गणतन्त्रको आगमनपछिको दोस्रो स्थानीय सरकारको नेतृत्व गर्न नेपाली जनताले आफ्ना प्रतिनिधिहरू चुन्ने काम लगभग सम्पन्न गरिसकेका छन् । धेरै स्थानमा जनताले दिएको मतदानबाट विजयी भएका जनप्रतिनिधिहरू हूलका हूल विजय -याली गरिरहेका छन् भने कतिपय जनप्रतिनिधिहरूले आफ्नो जिम्मेवारी समेत सम्हालिसकेका छन् भने केही स्थानमा अझै मतगणना भइरहेको र परिणाम आउने क्रममा रहेको देखिन्छ ।
चाहेर या नचाहेर यसपटक पनि नेपाली जनताले दलका प्रतिनिधिहरुलाई नै अत्याधिक मतदान गरेका छन् भने दललाई साइजमा ल्याउन स्वतन्त्र जनप्रतिनिधिहरुलाई समेत ठाउँ–ठाउँमा चुनेका छन् । यसले लोकतन्त्रमा दलको हैन जनताको अभिमत शक्तिशाली हुन्छ भन्ने कुराको पुष्टि गरेको छ । केही मै हुँ भन्ने राजनीतिक दलका नेताहरूको समेत सेखी झरेको छ ।
अहिले सामाजिक सञ्जालदेखि छापा सञ्चारमाध्यमहरुमा देखिएका एकै व्यक्ति तथा उम्मेदवारलाई दिनमा १० औं पटक बधाई तथा शुभकामना भन्दै गरिएको पोष्टहरुको भद्दा मजाकले स्वयं बधाई तथा शुभकामना दिने ब्यक्तिहरुलाई नै गिज्याइरहेको जस्तो देखिन्छ ।
नेता मिल्दैमा जनताले मतदान गर्छन् भन्ने दलका नेताहरुको विश्वासमा ब्रेक मात्रै लागेको छैन अब जनताले हाम्रो पनि उचित समयमा सही मूल्यांकन गर्ने रहेछन् भन्ने मनमा डर समेत परेको छ । जनताले निर्वाचित गरेका जनप्रतिनिधिहरू कुनै दलको झण्डा या चुनाव चिन्ह लिएर विजयी भएको भएतापनि या स्वतन्त्र रुपमा जनताको मताधिकारबाट निर्वाचित भएको भएतापनि निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरिसकेपछि उ सबै जनताको जनप्रतिनिधि हुनपर्ने हो । तर हाम्रो संस्कार र परम्पराले त्यसलाई अझैसम्म पनि पचाउन सकिरहेको देखिँदैन । केबल दलका झण्डा घुमाउँदै निर्वाचित जनप्रतिनिधिहरुलाई हाट बजार र चोक चोकमा घुमाउने गाईजात्रे परम्पराले स्वयं लोकतन्त्रलाई नै गिज्याइरहेको देखिन्छ ।
अर्को रमाइलो र महत्त्वपूर्ण पाटो भनेको बिजयी उम्मेदवारलाई दिइने बधाई तथा शुभकामनाको पाटो देखिन्छ । विजयी भएपछि आफ्नो आफ्नो दलले, दलको वडा समितिले, नगर/ गाउँ समितिले, प्रदेश र क्षेत्रीय समितिले, जिल्ला समितिले या प्रदेश र संघीय तथा केन्द्रीय समितिले बधाई तथा सफल कार्यकालको शुभकामना दिने कार्यले विजयी भएको उम्मेदवारलाई सही कार्य गर्ने हौसला र गलत कार्य नगर्ने प्रेरणा मिल्ने गर्दछ, दिनुपर्दछ । तर अहिले सामाजिक सञ्जालदेखि छापा सञ्चारमाध्यमहरुमा देखिएका एकै व्यक्ति तथा उम्मेदवारलाई दिनमा १० औं पटक बधाई तथा शुभकामना भन्दै गरिएको पोष्टहरुको भद्दा मजाकले स्वयं बधाई तथा शुभकामना दिने ब्यक्तिहरुलाई नै गिज्याइरहेको जस्तो देखिन्छ ।
मैले देखेको तितो यथार्थता त यो पनि हो कि हिजो जसले आफ्नै दलको उम्मेदवारलाई हराउन जसरी पापड बेल्यो, जसरी जालझेल ग-यो, जसरी अन्तर्घात ग-यो, जसरी अर्को दलसँग साँठगाँठ गरेर आफ्नै दलको उम्मेदवारलाई हराउन न्वारानदेखिको बल लगायो, उसैले आज विजयी भएको उम्मेदवारलाई बधाई तथा शुभकामना मात्रै दिइरहेको छैन, बीच सडकमा काँधमा बोकेर हिँडिरहेको देखिन्छ । मनभित्र कपट र जालझेलको पोको बाँधेर केबल देखावटी रुपमा बाहिर गरिने यस्ता कार्यलाई सम्मान भनौं या चाकडी ?
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार