नगरको सुरक्षामा ५ लाखको सिसि क्यामरा जडान
नेपालबहस संवाददाता
जेठ १३, २०७९ शनिबार ०:३६:२५
♦ प्रकाश डोटेल
१३ जेठ, स्याङ्जा । नगरको सुरक्षा बढाउन र सुरक्षित नगर बनाउन सिसि क्यामरा जडान गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिकाले नगरको सुरक्षा बढाउन र सुरक्षित नगर बनाउन बजार क्षेत्रका मुख्य चोकचोकमा सिसि क्यामरा जडान गरेको हो ।
नगरपालिकाको आर्थिक सहयोग, स्थानीयका लिका नेटवर्क प्रालिको फाइबर तथा प्राविधिक सहयोग र वडा प्रहरी कार्यालय वालिङको समन्वयमा बजार क्षेत्रका मुख्य चोकचोकमा सिसि क्यामरा जडान गरिएको छ । सिसि क्यामरा जडान गर्न झण्डै ५ लाख खर्च गरिएको छ ।
नगरपालिकाको अगुवाईमा डिभाइस खरिद गरिएको हो भने कालिका नेटले फाइबर मार्फत सिसि क्यामरा जडान गरिएको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इञ्जिनियर प्रकाश अर्यालले बताए । उनका अनुसार नगरपालिकाका मुख्य चोकचोक तथा सर्वसाधारणको बढी भीडभाड हुने स्थानलाई लक्षित गरी ११ वटा सिसि क्यामरा जडान गरिएको छ ।
मुख्य गरी सिद्धार्थ राजमार्गका आसपासका चोक, भित्रीबजार क्षेत्रका चोक गरी झण्डै ५ किलोमिटर क्षेत्र भकुण्डेबाट त्रियासीसम्मका चोक र प्रमुख क्षेत्रमा सिसि क्यामरा जडान गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।
“वालिङ बजारका प्रमुख क्षेत्रलाई समेट्ने गरी सिसि क्यामरा जडान गरेका छौं ।” डीएसपी खतिवडाले भने, “सिसि क्यामरा जडानपछि प्रहरी कार्यालय मार्फत २४सै घण्टा निगरानी र निरीक्षण गर्न सहज भएको छ ।”आपतकालिन घटना रोक्न सिसि क्यामराको सहायताले अनुसन्धान थाल्न र संलग्नको खोजी गर्न मद्दत पुग्ने विश्वास खतिवडाले जनाए ।
बजार क्षेत्रमा घटेका घटनामा स्थानीय संघसंस्थाको तथा व्यक्तिले राखेका सिसी क्यामराको डाटा हेर्नुपर्ने प्रहरीको बाध्यता थियो । चोकचोकमा सिसि क्यामरा जडानपछि कार्यालयबाटै निरीक्षण गर्न सहज भएको छ । दुर्घटनाहरुमा कमी आउने र घटना घटेमा तत्कालै दोषीलाई नियन्त्रणमा लिन सहज हुने प्रहरी कार्यालयले जनाएको छ ।
सिसि क्यामेरा नहुँदा चोरीका घटना हँुदै आएका थिए, भने आपराधिक क्रियाकलापमा संलग्नको खोजि तथा अनुसन्धानमा कठिनाइ हुँदै आएको थियो । पसलमा रातिको समयमा चोरी हुने र प्रहरी प्रशासनलाई अनुसन्धान गर्न निकै कठिनाइ भएको थियो । क्यामरा जडानसँंगै शान्ति सुरक्षामा थप मद्दत पुग्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार