देशका केही स्थानमा आज मेघगर्जन र हावाहुरीसहित वर्षा हुने
नेपालबहस संवाददाता
जेठ १४, २०७९ शनिबार १२:५०:४५
१४ जेठ काठमाडौं । शनिबार आज देशका केही स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, राती लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश न १ लगायत अन्य देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पहाडी भू-भागका धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
पुष १०, २०८१ बुधबार
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
पुष ११, २०८१ बिहिबार
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
पुष ११, २०८१ बिहिबार
छत्रकोटमा जीपलाइन सञ्चालन हुँदै
पुष ११, २०८१ बिहिबार
तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
पुष ११, २०८१ बिहिबार
खैरहनी महोत्सवमा महको प्रवर्द्धन गरिँदै
पुष ११, २०८१ बिहिबार