गणतन्त्र स्थापनाको १५ वर्ष – शान्ति प्रक्रियाका बाँकी कार्यभार ज्युँका त्युँ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_GBtnGrm2Gu.jpeg
)
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार १२:५३:१६
![](https://nepalbahas.prixacdn.net/media/albums/Ganatantra-diwas_jZmf9tnyLf.jpg)
१५ जेठ काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आज १५ वर्ष भएको छ ।
संविधानसभाको पहिलो बैठकमा ५६० जना सभासदले गणतन्त्र कार्यान्वयनका लागि संविधानसभामा निर्णायर्थ प्रस्तुत प्रस्तावको पक्षका मत दिएपछि गणतन्त्र स्थापना भएको हो । चार जना सभासद भने गणतन्त्र कार्यान्वयन प्रस्तावको विपक्षमा उभिएका थिए । यद्यपि, बहुमतले प्रस्ताव पारित भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको तर्फबाट संविधानसभामा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गणतन्त्र कार्यान्वयनको प्रस्ताव निर्णायर्थ प्रस्तुत गरेका थिए ।
ज्येष्ठ सदस्यको हैसियतले संविधानसभा अध्यक्ष कुलबहादुर गुरुङ थिए । गुरुङको अध्यक्षतामा बसेको संविधानसभाको पहिलो बैठकले नै राजतन्त्रको अन्त्यको विकल्प खोज्दै गणतन्त्रको प्रस्ताव पारित गर्दै २४० वर्षे निरङ्कुश भनिएको राजतन्त्रात्मक व्यवस्थाको अन्त्य ग¥यो । सोही अवसरमा सरकारले प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा आज सरकारले सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस विशेष कार्यक्रम गर्दैछ ।
दिवसलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले सम्बोधन गर्नेछन् । कार्यक्रममा संवैधानिक निकायका प्रमुख, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष र चारवटै सुरक्षा अंगका प्रमुखहरू सहभागी हुनेछन् । गणतन्त्रकै कारण जनताका छोराछोरी राष्ट्र प्रमुख भएका छन् । मधेसमा हुर्किएका डा. रामवरण यादव पहिलो राष्ट्रपति बन्दा प्रदेश १ को पहाडी जिल्ला भोजपुरमा जन्मेकी विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति छिन् ।
पहिलो गणतान्त्रिक नेपालको कार्यकारी प्रधानमन्त्री तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भए । गणतन्त्र स्थापनापछि हालसम्म उनीसहित आठ जना प्रधानमन्त्री भइसकेका छन् । तर, पनि शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा भएको छैन । बेपत्ता पारिएका व्यक्तिहरूको खोजबिन हुन सकिरहेको छैन । उनीहरूको अवस्था के हो रु सत्य निरुपण सरकारको तहबाट भएको छैन् ।
द्वन्द्वपीडितका मागहरू सम्बोधन भइसकेका छैनन् । सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग त स्थापना गरेको छ तर आयोगले प्राप्त कार्यजिम्मेवारी पूरा गर्न सकेका छैनन् । जसले गर्दा गणतन्त्र स्थापना भएको १५ वर्ष हुँदा पनि शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा नभएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार