आज बजेट: कर्मचारीको तलब बढ्ने, बृद्धभत्ताको उमेर घट्ने !
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार १५:२८:१४
१५ जेठ, काठमाडौं । सरकारले निजामति कर्मचारी तथा सेना र प्रहरीको तलब भत्ता र जेष्ठ नागरिकलाई दिदै आएको सामाजिक सुरक्षा भत्ता बढाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज अपरान्ह ४ बजे संसदमा प्रस्तुत गर्ने बजेट भाषणमार्फत दुवै भत्ता बढाउने भएको हो । जेष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भत्ताको उमेर घटाउने अर्थमन्त्रालय स्रोतले जनाएको छ । बृद्धभत्ताका लागि ६५ उमेर बनाउने तयारी गरेको हो । हाल जेष्ठ नागरिकले ७० वर्षमा सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् ।
सरकारी कर्मचारीहरुको तलब दुई हजार रुपैयाँ वा १० प्रतिशत भित्र रहेर बढाउने तयारी गरिएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबाट कर्मचारीहरुको तलब बढाउने तयारी गरेको स्रोतले जनाएको छ । चालु वर्ष २०७८/७९ का लागि पूर्वअर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब नबढाएर सोलोडोलो दुई हजारले भत्ता बढाएका थिए । यसपालि भने तलब नै दुई हजार रुपैयाँले बढाउने वा तलबमानको १० प्रतिशतले बढाएर त्यसमा महंगी भत्ताको रुपमा जोड्ने तयारी गरिएको छ । भत्ताको भार सरकारलाई तत्कालका लागि मात्रै परे पनि तलब वृद्धिको असर भने दीर्घकालसम्म पर्ने बताइएको छ ।
बढेको तलबले अवकाशप्राप्त कर्मचारीका लागि सरकारको सामाजिक सुरक्षा खर्च (निवृत्तिभरण) व्यवस्थापनमा पनि चाप पर्ने भएकाले अर्थमन्त्रालयले यसको बारेमा निर्णय गर्न नसकेको भएपनि राजनीतिक तहबाटै एकरुपताको आधारमा तलब भत्ता बढाउन लागिएको हो । दुई वर्षअघि २०७६/७७ मा डा. युवराज खतिवडाको दोस्रो बजेटबाट सरकारले नायब सुब्बासम्मका लागि २० प्रतिशत र त्यसभन्दा माथिको पदका लागि १८ प्रतिशतले तलब बढाएको थियो ।
बढेको तलब निजामतीका साथै प्रहरी, सेना, शिक्षक र प्राध्यापकहरुका लागि पनि लागू हुनेछ । कर्मचारीहरुको सेवा सुविधा प्रत्येक २/२ वर्षमा पुनरावलोकन गर्ने परिपाटी रहेपनि कोभिड असरले गर्दा चालु वर्षमा दुई हजार भत्ता मात्रै वृद्धि गरिएको थियो । यो पटक दुई हजार भत्तालाई निरन्तरता दिँदै तलब दुई हजार रुपैयाँसम्म बढाउने वा १० प्रतिशत बृृद्धि गर्ने तयारी थालेको छ । बढ्दो महँगीलाई मध्यनजर गर्दै सरकारले तलब वृद्धि गर्न लागेको स्रोतले बताएको छ ।
यदि सरकारले सोलोडोलो दुई हजार रुपैयाँका दरले तलब वृद्धि गरे प्रथम तहका कर्मचारीको तलब बढेर २५ हजार ४ सय ७० रुपैयाँ पुग्नेछ । यस्तै द्वितीय तहको २६ हजार ६ सय ५७ र तृतीय तहको २७ हजार ९ सय ८० रुपैयाँ पुग्नेछ । यसैगरी, चौथो तहको २९ हजार ९ सय ८७ रुपैयाँ पुग्दा पाँचौ तहको ३२ हजार ५ सय ५६ रुपैयाँ पुग्नेछ । राजपत्र अनंकित द्वितीय श्रेणीका कर्मचारीको तलब ३२ हजार ४ सय रुपैयाँ पुग्नेछ । यस्तै, राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीले ३४ हजथार १ सय ९३ तलब प्राप्त गर्नेछन् ।
राजपत्रांकित तृतीय श्रेणीको ४१ हजार ९ सय ७५ रुपैयाँ पुग्नेछ । यस्तै, द्वितीय श्रेणीको ४६ हजार ३ सय ५७ रुपैयाँ पुग्दा प्रथम श्रेणीका कर्मचारीको ५३ हजार ३ सय ६५ रुपैयाँ पुग्नेछ । सचिवको मासिक तलब ५६ हजार ५ सय ८२ रुपैयाँ पुग्नेछ भने विशिष्ट सचिवको ६६ हजार ६ सय ५२ रुपैयाँ पुग्नेछ। यस्तै, मुख्यसचिवको ७० हजार ४ सय ६ रुपैयाँ पुग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार