बेसीसहरमा २१ जेठदेखि पहिलो पटक वडास्तरीय फुटसल प्रतियोगिता हुने
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार १६:५४:५६
१५ जेठ,लमजुङ । लमजुङ सदरमुकाम बेसीसहरमा यही २१ जेठदेखि पालिका वडास्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । लमजुङ फुटसलले पहिलो पटक वडास्तरीय फुटसल प्रतियोगिता आयोजना गर्न लागेको हो । समय समयमा विभिन्न उमेर समूहमा फुटसल टुर्नामेन्ट आयोजना गर्दै आएको लमजुङ फुटसलले खेलकुदमा युवालाई प्रवेश गराउने तथा स्थानीय स्तरमा रहेको युवाहरुको प्रतिभा उजागर गर्ने मुख्य उद्देश्य लिई प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगिता संयोजक इन्द्र रानाले प्रतियोगिताले खेलाडी छनौटसँगै स्वस्थ समाजको निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । २१ र २२ जेठमा दुई दिने हुने प्रतियोगितामा विजेता टिमले नगद ७० हजार रुपैया पाउने आयोजकले जनाएको छ ।
यसैगरी द्वितीय पुरस्कार नगद ३० हजार रुपैया र सर्वोत्कृष्ट खेलाडीलाई २५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन चाहनेले यही २० जेठसम्म टिम दर्ता गराउनुपर्नेछ । दर्ता शुल्क ८ हजार रुपैयाँ तोकिएको छ ।
प्रतियोगितामा एउटै वडाबाट तीन टिम सहभागी भएमा एक टिमलाई दर्ता निस्शुल्क गरिनेछ भने एक वडाका खेलाडी अर्को वडाबाट खेल्न नपाइने आयोजक लमजुङ फुटसलले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार