ट्रेलर रिलिज हुनुअघि विवादमा आमीरको ‘लाल सिंह चड्डा’ !
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार १६:५९:४९
१५ जेठ, काठमाडौं । बलिउड अभिनेता आमीर खानको फिल्म ‘लाल सिंह चड्डा’ दर्शकका लागि प्रतिक्षित फिल्म हो । यो फिल्म ११ अगष्टमा रिलिज हुँदै छ । फिल्ममा आमीरसँगै करिना कपुर प्रमुख भूमिकामा छन् । फिल्मको ट्रेलर २९ मे अर्थात् आईपीएलको फाइनलको अवसरमा रिलिज हुँदै छ ।
तर, ट्रेलर रिलिज हुनुअघि नै फिल्म विवादमा तानिएको छ । हिन्दु संगठनले यो फिल्मको विरोध गरेका छन् । यतिमात्र होइन संगठनसँग आवद्ध व्यक्तिहरूले आमीरको पोस्टरलाई नै जलाइदिएका छन् ।
उत्तर प्रदेशको सुल्तानपुरमा हिन्दु संगठनसँग आवद्ध व्यक्तिहरूले आमीर खान र फिल्मकोविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले आमीरको पोस्टर च्यातेर बाटोमा जलाएका छन् । उनीहरूले ट्रेलर रिलिजको दिन सडकमै आएर प्रदर्शन गर्ने चेतावनीसमेत दिएका छन् ।
‘आमीर खानलाई आईपीएलमा बोलाइएको छ । आमीर प्रायः भारतको संस्कृति र सभ्यताविरुद्ध बोल्दै आएका छन् । यी तिनै आमिर हुन्, जो हिजाबको ठूलो समर्थक हुन् । उनकी छोरी फेसबुकमा कस्ता फोटो शेयर गर्छिन् भन्ने कुरा सबैलाई थाहा नै छ । यतिमात्र होइन, उनको श्रीमतीलाई पनि भारतमा बस्न डर लाग्छ ।
यस्ता व्यक्तिलाई आईपीएल व्यवस्थापनले कसरी बोलाइरहेको छ, हामीले बुझ्न सकेको छैन’, सनातन रक्षक सेनाका प्रदेश उपाध्यक्ष राहुल सिंहले भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै
जेठ ४, २०८१ शुक्रबार