लन्डनमा पाँच दिने नेपाल फिल्म फेस्टिभल हुँदै
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार १७:२०:२५
१५ जेठ, काठमाडौं । थर्ड आईको आयोजनामा बेलायतको लन्डनमा पाँच दिने ‘नेपाल फिल्म फेस्टिभल’ हुने भएको छ । फेस्टिभलको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस्का अध्यक्ष मनोज केसीले फेस्टिभलमा पाँच दिनसम्म १० वटा फिल्म प्रदर्शन गरिने जानकारी दिए ।
थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको फेस्टिभलमा नेपालबाट करिब ३ दर्जन फिल्मकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता रहनेछ । केसीका अनुसार फेस्टिभलको अन्तिम दिन फिल्मकर्मीहरुलाई सम्मान समेत गरिनेछ ।
आयोजकका अनुसार फेस्टिभल भदौको अन्तिममा हुनेछ । जसका लागि उनीहरुले तयारीसमेत सुरु गरिसकेका छन् । आयोजकले अब महोत्सवमा प्रदर्शन गरिने फिल्महरुको छनोट प्रक्रिया सुरु गरिएको बताएको छ ।
युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रशारण नभएका तर हलमा मात्र रिलिज भएका फिल्महरुमध्येबाट १० वटा फिल्मलाई महोत्सवमा सहभागी गराइनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार