ज्याकलिनलाई विदेश जान अनुमति
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार १७:५५:५४
१५ जेठ, काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई अदालतले ३१ मेदेखि ६ जुनसम्म विदेश यात्रा गर्न अनुमति दिएको छ । बलिउडका ‘महाठग’ सुकेश चन्द्रशेखरसँग आफ्नो सम्बन्धका कारण प्रवर्तन निर्देशनालय (इडी) को अनुसन्धान परेकी ज्याकलिनलाई अदालतले विदेश जान अनुमति दिएको हो ।
ज्याकलिन आबुधाबीमा हुने अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी पुरस्कारमा सहभागिताका लागि जान चाहेकी थिइन् । उनले केही समयअघि पटियाला हाउस कोर्टमा युएई, फ्रान्स र नेपाल जानका लागि अनुमति मागेकी थिइन् । तर, प्रारम्भिक निर्णयमा अदालतले उनको अनुमतिलाई अस्वीकार गरेको थियो । अदालतले कैयौं पटक चन्द्रशेखरका विषयमा ज्याकलिनसँग सोधपुछ गरेको थियो । झण्डै दुई सय करोड रुपैंयाँ मनी लन्ड्रिङ मामलामा सुकेश हाल जेलमा छन् । गत महिना ज्याकलिनको झण्डै सात करोड रुपैंयाँको उपहार र सम्पत्ति इडीले जफत गरेको थियो ।
यसै वर्षको फेब्रुअरीमा इडीले चन्द्रशेखरको कथित सहयोगी पिंकी इरानीविरुद्ध एक पुरक आरोप पत्र दर्ता गराएको थियो । आरोप पत्रमा अभिनेत्री ज्याकलिनको नाम पनि उल्लेख थियो । आरोप पत्रमा इरानीले ज्याकलिनका लागि महंगो उपहार छनोट गर्ने र त्यो उपहारमा चन्द्रशेखरले लगानी गर्ने उल्लेख थियो । चन्द्रशेखरले विभिन्न मोडल तथा बलिउड फिल्मकर्मीका लागि झण्डै २० करोड रुपैंयाँ लगानी गरेको आरोप पत्रमा जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसलमानको घर बाहिर गोली हान्ने आरोपीले हिरासतमा गरे आत्महत्या !
बैशाख १९, २०८१ बुधबार
जोली एलएलबी ३ को छायांकन राजस्थानमा हुने
बैशाख १६, २०८१ आइतबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार