सलमान खान के के कुरामा धेरै रूची राख्थे ?
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार १८:५१:३४
१९ जेठ, एजेन्सी । बलिउडका सुल्तान सलमान खान फिल्म दुनियाँमा सबैभन्दा ठूलो सुपरस्टार हुन् । आफ्नो फिल्ममा भयंकर एक्सनका लागि प्रख्यात सलमान केही फरक कुरामा शौखिन छन् । चाहे त्यो शरीर बनाउने मामलामा होस् या सडकमा साइकल चलाउने बानीका कुरामा ।
सलमान बाल्यकालदेखि नै यस्ता काममा चासो राख्थे, जुन कामले उनलाई आनन्द दिलाओस् । सलमानको बाल्यकालका केही सोख आफैंमा रमाइला किसिमका थिए । जुन कुरा पढ्दा जोकोही पाठक हाँस्छन् ।
आप चोर्ने काम
सलमानका पिता सलिम खानले कैयौं पटक आफ्ना तीन छोरामध्ये सबैभन्दा फटाहा सलमान नै रहेको खुलाउँदै आएका छन् । सलमान बाल्यकालमा ग्वालियरको सिन्धिया स्कुलमा पढ्थे । स्कुलबाट गर्मीको बिदा भएपछि बिदाको आनन्द लिन इन्दोर आउँदा नियमित रुपमा साइकल कुदाउँथे । साइकलमा टाढा पुगेर बगैंचाहरूमा साथीहरूसँग आप चोर्दै खान्थे । उनी आँपसँगै जामुन पनि उत्तिकै चोर्थे ।
कुवामा पौडी
सलमानले पौडीको मामलामा महारथ नै हासिल गरिसकेका छन् । यो दाबी उनी स्वयं गर्छन् । तर, बाल्यकालमा सलमान पानीमा पौडिन निकै डराउँथे । एकदिन उनकी ठूली आमाले सलमानलाई डरबाट मुक्त राख्नका लागि शरीरमा डोरी बाँधेर कुवामा धकेलिदिएकी थिइन् । यसपछि सलमानलाई पानीमा डुब्ने डर समाप्त भएको थियो ।
स्कुटर र बलयगाडा चलाउने सोख
कलेज जीवनमा सलमानका अनौठा सोख थिए । अन्य साथीहरू बाइकमा कलेज जाँदा सलमान भने स्कुटरमा पुग्थे । गाउँमा जाँदा भने उनी गाउँ घुम्नका लागि बयलगाडा चलाउँथे ।
बाइक स्टण्टमा घाइते
बाइक चलाउने जोकोही खुला सडकमा बाइक चलाउन चाहन्छन् । तर सलमान यो मामलामा केही फरक थिए । उनी बिग्रिएका सडकमा बाइक र जिप स्टण्ट गर्थे । एकपटक उनले स्टण्ट दिँदा बाइक लडेपछि हात नै भाँचिएको थियो । जसकारण उनले पिता सलिमबाट गाली खानु परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोलि पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार