अब नायिका बन्ने रबिना केसीको सपना पूरा हुने
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार १९:१४:९
१५ जेठ, काठमाडौं । सानै उमेरदेखि नायिका बन्ने चाहना बोकेकी रबिना केसीको सपना अब पूरा हुने भएको छ । उनको चहाना चलचित्र ‘बर बधु’ मार्फत पूरा हुन लागेको हो । पूर्वको सुन्दर नगरी धरानकी स्थायी बासिन्दा केसी काठमाडौंलाई कर्मथलो बनाएर सिने नगरीमा आफूलाई स्थापित गर्न लागिपरेकी छन् यतिबेला ।
यसो त रबिनाले यसअघि बिभिन्न गीतका भिडियो, विज्ञापनमा काम गरिसकेकी छन् । अडिसनबाट छानिएकी उनी हर्षित हुँदै भनिन्, ‘एउटा राम्रो टिमसँग काम गर्न पाएकोमा आफूलाई भाग्यमानी ठानेको छु साथै सृजना सुत्रलाई पनि हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु’ ।
आफूले पाएको भूमिकालाई राम्रोसँग निभाउने आफूमा पूर्ण विश्वास लिएको उनले जनाइन । उनले खबरहबको मेरो रङ्गमञ्च कार्यक्रममा पनि आफ्नो अभिनय प्रस्तुत गरेकी छिन् ।निर्माण युनिटले काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्र ‘बर बधु’ को औपचारिक निर्माण घोषणा गरेको हो ।
चलचित्र मिलन चाम्सले निर्देशन गर्न लागेका हुन् । यो चलचित्रमा अभिनेत्री आँचल शर्मा, साम्राज्ञी आरएल शाह, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, नव कलाकार रविना केसी, सृष्टि खड्काको अलवा र नव–अभिनेता विवेक कर्माचार्यको समेत मुख्य भूमिका रहने छ । यही महिनाको अन्तिमबाट सुरु हुने निर्माण पक्षले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार