प्रतिद्धबता पूरा गर्न सबै लाग्नुपर्छ : मुख्यमन्त्री भट्ट
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार १९:१८:३८
१५ जेठ, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय लोकतान्त्रिक र गणतन्त्रिक व्यवस्था ल्याउँदा गरिएका प्रतिबद्धता पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिएका छन् । धनगढीमा आज आयोजित १५औँ गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उनले नयाँ व्यवस्थामा नयाँपन, नयाँ व्यवहारका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
उनले भने, “विभिन्न चुनौतीलाई पन्छाउँदै समृद्ध नेपाल निर्माणमा जुट्नका लागि हामी आफ्नो कतव्र्यबाट कोही पनि पछाडि पर्नु हुँदैन ।” आन्तरिक मामिला तथा कानूनमन्त्री डा .रणबहादुर रावलले विश्वमै उत्कृष्ट मानिएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा उपलब्धि महसुस हुनेगरी काम गर्न सहमति, सहकार्य र एकताको खाँचो रहेको औँल्याए ।
समारोहमा प्रदेश प्रमुख जोशीलाई नेपाली सेनाको टुकडीले सलामी दिनाका साथै विभिन्न समुदायको लोकसंस्कृति झल्किने झाँकी र नाच प्रस्तुत गरिएको थियो । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बाजागाजासहित आरम्भ गरिएकोे प्रभातफेरीमा कर्मचारी, प्रहरी, नेपाली सेना, सङ्घसंस्थाका प्रतिनिधि, प्रदेश मन्त्रिपरिषद्का सदस्यलगायत सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार