आइपीएल टी-२० क्रिकेटको उपाधि गुजरातलाई
नेपालबहस संवाददाता
जेठ १६, २०७९ सोमबार १२:६:१०
१६ जेठ एजेन्सी । यसै सिजन ‘डेब्यु’ गरेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग आइपीएल टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
गुजरातले उपाधि भिड्न्तमा आइतबार राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै आइपीएलको १५ औं सिजन आफ्नो नाममा लेखायो । यससँगै गुजरात आइपीएलको उपाधि जित्ने सातौं टिम बनेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा राजस्थानले प्रस्तुत गरेको एक सय ३१ रनको लक्ष्य गुजरातले १८-१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
गुजरातको जितमाा सुभमन गिलले सर्वाधिक ४५ रन बनाए । गिलले ४३ बलमा तीन चौका र एक छक्का प्रहार गरे । यस्तै, आक्रामक ब्याटिङ गर्दै टिमलाई जितसम्म डोहोर्याएका डेभिड मिलरले १९ बलमा तीन चौका र एक छक्कासहित ३२ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध क्रिष्णा र युजवेन्द्र चहलले समान एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङमा आएको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३० रनको योगफल तयार गरेको थियो । राजस्थानका ओपनर जस बटलरले सर्वाधिक ३९ रन बनाएका थिए ।
३५ बलको सामना गरेका बटलरले पाँच चौका प्रहार गरेका थिए । यसबाहेक, राजस्थानको खातामा यसवी जैसवालले २२, कप्तान सन्जु सामसनले १४ रनसँगै सिमरन हेटमायरले र ट्रेन्ट बोल्डले समान ११ रन बनाएका थिए ।
राजस्थानसामू कसिलो बलिङ गरेको गुजरातका कप्तान हार्दिक पन्ड्याले तीन विकेट लिए । आइपिएल करियरमै सबैभन्दा किफायती बलिङ गरेका पन्ड्याले चार ओभरमा १७ रन खर्चिएका थिए । यसबाहेक, गुजरातका रविश्रीनिवासन साइ किशोरले दुई विकेट लिँदा यस दयाल र रासिद खानले समान एक विकेट लिए ।
प्रतियोगितामा सर्वाधिक आठ सय ६३ रन प्रहार गरेका राजस्थानका जस बटलरले ‘ओरेन्ज क्याप’ पाए । यस्तै, राजस्थानकै युजवेन्द्र चहलले ‘पर्पल क्याप’ पाए । उनले १७ इनिङमा २७ विकेट लिए ।
आइपीएलको १५औं सिजन समाप्त हुँदासम्म मुम्बई इन्डियन्सले सर्वाधिक पाँच पटक, चेन्नई सुपर किंग्सले चार पटक, कोलकाता नाइट राइडर्सले दुई पटक उपाधि जितेका छन् । यस्तै, गुजरातसँगै, राजस्थान, सनराइजर्स हैदराबाद र डेकेन चाजर्सले समान एक पटक आइपीएलको उपाधि जितेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार