बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै
नेपालबहस संवाददाता
जेठ १६, २०७९ सोमबार १२:१६:४९
१६ जेठ हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७९्/८० को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै छ ।प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्न लागेका हाे ।
सोमबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । देश संघीयतामा गएपछि पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल हो ।
प्रदेश सरकारले पाचौं पटक नीति तथा कार्यक्रम ल्याउन लागेको भए पनि गठबन्धनको नेतृत्वमा भने पहिलो पटक सदनमा नीति तथा कार्यक्रम आउन लागेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको प्रदेश सरकारले बताएको छ ।
यसअघि शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री शालिकराम जमकट्टेलले नीति तथा कार्यक्रमको सिद्वान्त र प्राथमिकता संसदमा प्रस्तुत गरेका थिए । यसमाथि शनिबार सांसदहरूले छलफल गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार