हराइरहेको तारा एयरको जहाज खोज्न बिहानैदेखि सेना र प्रहरी परिचालन
नेपालबहस संवाददाता
जेठ १६, २०७९ सोमबार १२:५६:२८
१६ जेठ काठमाडौं । आइतबार बिहानबाट बेपत्ता भएको तारा एयरको विमान खोज्न नेपाली सेनाको हेलिकोप्टर आज बिहानै मुस्ताङ पुगेको छ । आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान अझै बेपत्ता रहेको छ ।
हिजो राति ८ बजेसम्म पनि नभेटिएपछि उद्दार तथा खोजी टोली सदरमुकाम फर्किएको थियो। नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार साँझसम्म विमान नभेटिएपछि खोजी कार्य स्थगित भएको थियो । विमानको खोजीका लागि आज बिहानैदेखि टोली परिचालन गरिएको सिलवालको भनाइ छ।
अध्यारो र प्रतिकुल मौसमका कारण नेपाली सेनाले खोजी तथा उद्दार कार्य अहिलेलाई रोकेको र आज बिहानैबाट स्थल तथा हवाई दुवै मार्गबाट पुनः खोजी कार्य सुरु थालिएको हो ।
नेपाली सेनाले बेपत्ता जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको हुनसक्ने सूचना आएको जनाएको नेपाली सेनाले जनाएको छ। खोजीका लागि सेनाको टोली आज विहानै त्यसतर्फ गएको छ।
सम्पर्कविहीन भएको 9-N-AET कलसाइनको जहाजमा चार भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रु रहेको तारा एयर जनाएको छ । जसमा धनुषाको मिथिला नगरपालिका ११ लोटागाउँका एकै परिवारका ७ जना रहेका छन् । यस्तै गोरखाको शहीद लखन गाउँपालिका-५ को तिनपानेका ४ जना एकै परिवारका रहेका छन् ।
जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए भने को पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेको तारा एयरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
अटो दुर्घटना हुँदा एकको मृत्यु , २ जना घाइते
पुष १०, २०८१ बुधबार
कजाकिस्तानमा दुर्घटना भएको जहाजमा सवार ६७ यात्रु मध्ये २५ जनाको जीवितै उद्धार
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार