‘आमिर भारतको जेम्स क्यामरुन’
नेपालबहस संवाददाता
जेठ १६, २०७९ सोमबार १७:१९:२४
१६ जेठ, एजेन्सी । बलिउड अभिनेता आमिर खान अभिनयसँगै फरक फ्लेभरका फिल्म बनाउन पोख्त निर्माता हुन् । उनको लोकप्रिय केबल भारतमा होइन सारा विश्वमा छ । आमिर चीनमा पनि ‘सुपरस्टार’ छन् । उनको सन् २०१६ को फिल्म ‘दंगल’ र सन् २०१७ को ‘सेक्रेट सुपरस्टार’ले चीनमा ब्लकबस्टर व्यापार गरेको थियो ।
‘दंगल’ले चिनियाँ बक्सअफिसमा झण्डै हजार करोड बढीको व्यापार गरेको थियो । पश्चिमा मुलुकमा उनको लोकप्रियता उत्तिकै छ । धेरै हलिउड स्टारले उनको फिल्म हेरिसकेका छन् ।
हलिउड अभिनेता टम हेंकपनि आमिरका फ्यान हुन् । सन् २०१४–२०१५ ताका आमिरले जर्मनीमा टमलाई भेटेका थिए । आमिरका अनुसार उनी हलिउडका लोकप्रिय अभिनेता स्टिभन स्पिलबर्गलाई भेट्न जर्मनी पुगेका थिए । उनी स्टेभनमार्फत ‘फरेष्ट गम्प’का निर्देशक रोबर्ट जेमेकिसलाई भेट्न त्यहाँ गएका थिए । आमिर ‘फरेष्ट गम्प’को हिन्दी रिमेक बनाउन चाहन्थे । तर, रोबर्टले आमिरको प्रस्तावलाई अस्वीकार गरे ।
रोबर्टले आफ्नो कुरा नसुनेपछि आमिरले स्टेभनलाई पुनः भेटे । त्यो समयमा स्टेभन ‘ब्रिज अफ स्पाइज’को सुटिङ गरिरहेका थिए । जुन फिल्ममा टम प्रमुख अभिनेता थिए । स्पिलवर्गको रोबर्टसँग राम्रो सम्बन्ध भएको थाहा पाएपछि आमिरले ‘फरेस्ट गम्प’को लागि स्टिभनले रोबर्टलाई ‘कन्भिन्स’ गर्न सक्नेमा ढुक्क भए ।
त्यसपछि आमिर ‘ब्रिज अफ स्पाइज’को सुटिङ सेटमा पुगे, जहाँ उनको भेट स्टेभनसँगै टमसँग पनि भयो । जहाँ स्टेभनले टमलाई ‘आमिर भारतको जेम्स क्यामरुन’ भनी चिनाएका थिए । हलिउडमा जेम्सले आफ्नो बक्सअफिसको रेकर्ड तोडेजस्तै आमिरले पनि भारतमा आफ्नो रेकर्ड तोड्ने गरेको पनि स्टेभनले व्याख्या गरेका थिए । यही कुराकानीमा टमले आफूले आमिरलाई चिन्ने गरेको बताएका थिए । उनले आमिरको फिल्म ‘थ्री इडियट्स’ तीन पटक भन्दा बढी हेरेको खुलाएका थिए ।
त्यसपछि आमिरले स्टिभनसँग रोबर्टलाई भेट्न चाहेको कारण खुलाए । स्टेभनले रोबर्ट र आफ्नो सम्बन्ध बाबु छोराको जस्तै भएको बताइरहँदा आमिरले आफूलाई रोबर्टले भेट्न अस्वीकार गरिरहेको सुनाए । निरन्तर प्रयास पछि आमिर फिल्मको हिन्दी रिमेक अधिकार लिन सफल भए । त्यही नामलाई उनले हिन्दी भर्सनमा ‘लाल सिंह चड्डा’ बनाएका छन् । सन् २०२२ को प्रतिक्षित यो फिल्म ११ अगष्टमा रिलिज हुँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार