बेलायतबासी नेपालीहरुद्धारा पुनको आविष्कार केन्द्रलाई ५ लाख सहयोग
नेपालबहस संवाददाता
जेठ १६, २०७९ सोमबार २१:२७:१४
१६ जेठ, काठमाडौं । डा. महावीर पुनसँग बेलायतको डोर्सेट निवासी नेपालीहरुको समाज बीसीपी (बोर्नमाउथ, क्राइसचर्च र पुल) नेपालीज कम्युनिटीले अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । च्यारिटी लन्च गरिएको उक्त कार्यक्रममा २५ जना भन्दा धेरै नेपालीहरुको सहभागिता रहेको थियो।
महावीर पुनद्वारा सुरु गरिएको नेपाल इनोभेसन सेन्टरलाई केही आर्थिक सहयोग गर्ने हेतुले गरिएको उक्त च्यारिटी लन्चमा ३३०० पाउन्ड भन्दा धेरै रकम जम्मा गर्न सफल भएको र उक्त सबै रकम नेपाल इनोभेसन सेन्टरलाई हस्तान्तरण गरिने जानाकारी दिइएको थियो। बीसीपी नेपालीज कम्युनिटीका अगुवा तुलसी फुयालले स्वागत मन्तव्य दिदै डा. महावीर पुनको कार्यको प्रशंसा गरेका थिए।
इनोभेसन सेन्टर खोल्नुको कारण र उद्देश्यको बारेमा डा. पुनले जानकारी दिदै अहिले भैरहेका कामहरुको र आफ्नो बेलायत तथा युरोप भ्रमणको उद्देश्यका बारेका बताएका थिए ।
कार्यक्रममा इन्जिनियर रामराज शर्मा , समाजसेवी सागर भट्टराई, नबिन महत, रञ्जन काफ्ले, लक्ष्मण अर्याल, हिरा रिमाल लगायतको सहभागिता थियो। कार्यक्रमको संयोजन हिरा रिमालले गरेका थिए भने २९-२९ नामको नेपाली रेस्ट्रुरेन्ट र उत्सव विष्टले लन्चको प्रायोजन गरेका थिए।
डा. पुनले आफ्नो आगामी आयोजनाहरुको बारेमा समाजलाई बताएका थिए भने विदेश रहेका नेपालीहरुको सीप र ज्ञानलाई इनोभेसन सेन्टरमा कसरी प्रयोग गर्न सकिन्छ, इनोभेसन सेन्टरले आफ्नो नियमित आम्दानीको लागी के गर्दा उत्तम हुन्छ जस्ता बिषयमा इन्जिनियरद्वय रामराज शर्मा र तुल्सी फुयालले डा. पुनलाई सल्लाह दिएका थिए।
११ बजेदेखि २ बजेसम्म चलेको उक्त स्वागत तथा सहयोग कार्यक्रममा इनोभेसन सेन्टरलाई भविष्यमा पनि आफ्नो सहयोग जारी रहने भन्दै डा. पुनले देश निर्माणमा गरेको योगदानको सम्मान गरिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार