छुमचौर ज्यूलोमा जुम्ली मार्सी धान रोपियो
नेपालबहस संवाददाता
जेठ १६, २०७९ सोमबार २२:१७:२
♦ दिलमाया शाही
१६ जेठ, जुम्ला । जुम्ला किसानले मार्सी धान रोप्न सुरू गरेका छन् । यसपटक कृषि अनुसन्धान केन्द्रले पनि किसानलाई बिउ वितरण गरेको छ । जुम्लाका किसानलाई यसपटक रोगमुक्त कालीमार्सी धानको बीउ वितरण गरेको हो ।
कृषि अनुसन्धान केन्द्र जुम्लाले पातारासी गाउँपालिका-३ छुमचौर ज्यूलोमा बलाष्ट रोगमुक्त सुधारिएको जुम्ली कालीमार्सी धान ‘बेर्ना’ रोपाई दिवसको अवसरमा वितरण गरेको बताएको छ ।
लामो समय कृषि अनुसन्धान केन्द्र जुम्लाले आफै अनुसन्धान गरी यस वर्षदेखि कृषकसम्म पुर्याउन छुमचौर ज्यूलोमा रोगमुक्त सुधारिएको जुम्ली मार्सी धान रोपिएको छ । छुमचौर ज्यूलो विश्वकै अग्लो स्थाल २८५० मिटर उचाईमा कालीमार्सी धान फल्ने स्थान हो । तर, अहिले यो ज्यूलोमा वर्षमा एक बाली गहुँ वा सिमी, मकै, आलुमात्रै लग्ने गर्छ । फाटफुट रुपमा यो ज्यूलोमा धान रोपिने गरे पनि एक दशकदेखि यहाँका किसानले धान रोप्ने गरेका छैनन् ।
स्थानीय कमलसिंह बोहराले धानमा रोग लाग्ने उत्पादन नहुने र असिनापानीले क्षति गर्ने गरेकाले धान रोप्ने छोडिएको हो । उनले भने, ुधान रोप्ने सिजन र पाटनमा बहुमुल्य जडिबुटी यार्सा टिप्ने सिजन एउटै हुने हुनाले पनि धान रोप्न छोडिएको हो ।
धानभन्दा यार्साबाट बढी आम्दानी हुन्छ । यार्सा टिप्ने सिजनमा सबै पाटनतिर जाने र रोपाईका लागि हली, बाउसे, रोपहार नपाउने हुँदा धान रोप्न छोडेको उनले बताए ।
काली मार्सी सूचिकृत छैन
किसानहरूका अनुसार पहिला पहिला १४ बोरा धान फल्ने ठाउँमा अहिले ५० केजी पनि हुन छाडेको छ । सरकारले पनि विश्वको सबैभन्दा अग्लो स्थानमा फल्ने काली मार्सी धानलाई सूचिकृत गरेको छैन ।
कृषि अनुसन्धान केन्द्र जुम्लाका वरिष्ठ वैज्ञानिक रेशमबाबु अमगाईका अनुसार जुम्ली मार्सी ब्लाष्ट रोगका कारण उत्पादन कम हुने गरेको छ । छुमचौर ज्यूलोमा उत्पादन हुने मार्सी धान लामो समय अनुसन्धान गरी रोगमुक्त बनाएर बिउ उत्पादन गरी कृषकको खेतबारीमा रोपिएको उनले बताए ।
केन्द्रले बर्खेबाली चिनो, कागुनो, फापर, मकै, कोदो, मार्सी धान, गहत र सिमीमाथि अनुसन्धान गरिरहेको छ । यस्तै, हिउँदे बाली जौ, गहुँ, मुसुरो, चौली जौमाथि पनि केन्द्रले अनुसन्धान गरिरहेको ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार