पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै ज्ञापनपत्र
नेपालबहस संवाददाता
जेठ १६, २०७९ सोमबार २३:२९:४५
१६ जेठ, बैतडी । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । अखिल नेपाल महिला संघ बैतडी जिल्ला कमिटीले आज प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको हो ।
पछिल्लो समय पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने, बलात्कारका घटनाका दोषीमाथि कडा कारबाही गनुपर्ने, समाजमा भएका सबै खाले हिंसा, अन्याय, अत्याचार तथा भेदभावका घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरिएको अनेम संघका जिल्ला इन्चार्ज सरस्वती नेपालीले बताइन् ।
पेट्रोल, डिजेल र खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य बस्तुहरूको मुल्य नियन्त्रण गरी सर्वसुलभ, सहज र सुपथ मूल्यमा पाउने व्यवस्था गर्न र कृत्रिम अभाव हुन नदिने व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।
सोही मागहरू सहित राष्ट्रिय युवा संघ नेपाल दशरथचन्द नगर कमिटी बैतडीले पनि ज्ञापनपत्र पेस गरेको छ । संघका नगर अध्यक्ष नन्द बोगटीद्वारा हस्ताक्षरित ज्ञापन पत्र जिल्ला प्रशासन बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीलाई बुझाइएको हो । भारतीले उक्त ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाई गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार