सनिस र केशु बने ‘मिस्टर र मिस सुप्रानेसनल नेपाल २०२२’
नेपालबहस संवाददाता
जेठ १६, २०७९ सोमबार २३:३३:२८
१६ जेठ, काठमाडौं । सनिस श्रेष्ठ र केशु खड्काले ‘मिस्टर एण्ड मिस सुपरनेशनल २०२२’ को उपाधि जितेका छन् । आइतबार अबेर साँझ सोल्टी होटलमा आयोजित फाइनल स्पर्धामा श्रेष्ठले मिस्टर र खड्काले मिस तर्फको शिर्ष उपाधि हात परेका हुन् । विजेता दुबैले ७ लाख बराबरको पुरस्कार राशी र बिभिन्न गिफ्ट हात पारेका हुन् ।
एक भब्य समारोहका बीच आयोजित प्रतियोगीतामा मानस कुमार राई र अदीति अधिकारी फष्टरनर अप घोषित हुँदा अनिश कार्की र एरि तुलाधर सेकेन्डरनर अफ हुन सफल भए ।
सनुर्वी इन्टरनेशनल प्रा.लिको प्रस्तुति सनुर्वी फाइनरी मिस्टर एण्ड मिस सुपरनेशनल प्रतियोगीता ग्लोबल स्कुल अफ साइन्स र रिजभोल कस्मेटिकको प्रायोजन रहेको प्रतियोगीताको विजेता श्रेष्ठ र खड्काले जुलाईमा पोल्याण्डमा आयोजना हुने मिस्टर र मिस सुप्रानेसनलमा नेपालको प्रतिनिधत्व गर्नेछन् ।
प्रतियोगीताको निर्णायकमा भरो भार्गोस (मिस्टर सुपरनेसनल २०२१), एन्टोनियो पोर्सिल्ड (मिस सुपरनेसनल २०१९) र आन्द्रे स्ले (मिस सुप्रानेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर) डा. सन्तोष उपाध्याय राष्ट्रिय निर्देशक मिस्टर एण्ड मिस सुप्रानेसनल नेपाल, सोनना अमात्य ,किशोर महर्जन रहेका थिए ।
१०० बढी आवेदकको अडिसनबाट अन्तिस्पर्धाका लागि २० प्रतिस्पर्धी छानिएका थिए । छानिएका प्रतियोगीले फाइनल अगाडि फिटनेस राउण्ड, ट्यालेन्ट राउण्ड, स्विम वेयर राउण्ड र टप मोडल राउण्ड जस्ता विभिन्न राउण्डमा आफुलाई निखार्ने काम गरेका थिए ।
इमेज टेलिभिजनबाट प्रसारण भएको विवेक सिंह ठकुरी र रुविष्का श्रेष्ठको संचालन रहेको प्रतियोगीताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गरेका थिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय क्षेत्रबाट निर्णायकको पमा सहभागीले नेपालमा स्तरिय प्रतियोगिता आयोजना भएकोमा खुसी ब्यक्त गरे । उनीहरुले आफुलाई राम्रो कार्यक्रमको आयोजना गर्ने अवसर दिएकोमा खुसी ब्यक्त गर्दै सत्कार र हार्दिकताको पनि खुलेर प्रसंसा गरे ।
आउँदो दिनमा नेपालमा यस्तै प्रतियोगिता, प्रशिक्षण भएमा ग्राण्ड स्लाम् उपाधि नेपाल भित्रिने कुरामा दुईमत नभएको उनीहरुको भनाई रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार