चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न, ५ हजार बढीले गरे अवलोकन
नेपालबहस संवाददाता
जेठ १६, २०७९ सोमबार २३:५०:६
१६ जेठ, काठमाडौं । बागमती प्रदेशको चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न भएको छ । लिभिङ विथ आइसिटीको आयोजनामा जेठ १६ गते सोमबार चितवन मिडटाउन रिसोर्ट ‘सीएमटी’ मा आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न भएको हो ।
दिउँसो १२ बजेदेखि सुरू भएको फेस्टमा बागमती प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न ३५ स्टार्टअप तथा विद्यार्थीका आईडिया सहभागी भएका थिए ।
उक्त समयमा एक्सपेरियन्स शेयरिङ तथा मेन्टरिङ सेसन र आईडिया पिचिङ सेसन पनि आयोजना भएको थियो । कार्यक्रम ५ हजार भन्दा धेरैले अवलोकन गरेका छन् ।
आईडिया पिचिङ सेसनमा २५ बढी स्टार्टअपहरूले आफ्नो आईडिया प्रस्तुत गरेका छन् । प्रस्तुत गरेका आईडियाहरुमध्येबाट उत्कृष्ट ७ स्टार्टअप तथा आईडिया इन्क्युबेसनका लागि छनोट भएका छन् ।
छनोट हुने ७ स्टार्टअप तथा आईडियामा ई-मेड, कर्मदाता, नो ह्यासल ट्राभलर, नेपाल स्टिम एलायन्स प्रालि, एकेडेमी अफ मेडिकल एण्ड इन्जिनियरिङ साइन्सेस, उबन्टु डीडीई र नलेज एक्सडेन्ज रहेका छन् । त्यस्तै फेस्टबाट उत्कृष्ट स्टार्टअपको रूपमा नलेज एक्सचेन्ज प्रालि छनोट भएको छ ।
गत चैत १८ गते गण्डकी प्रदेशको पोखराबाट सुरू भएको स्टार्टअप एण्ड आईडिया फेस्ट बागमती प्रदेशको चितवनमा आएर उत्साहजनक सहभागीताका साथ समापन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३८ करोड २० लाख विद्युतीय सवारी बनाउन क्यार्लिफोनियामा भेटियो लिथियमको अथाह भण्डार
मंसिर १४, २०८१ शुक्रबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
मंसिर १४, २०८१ शुक्रबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार