तारा एयर दुर्घटनामा परिवार नै गुमाएपछि अमेरिकामा रहेका छोरा टुहुरो
नेपालबहस संवाददाता
जेठ १७, २०७९ मंगलबार १४:९:६
१७ जेठ, काठमाडौं । तारा एयर दुर्घटनामा परी गोरखाको शहीद लखन गाउँपालिकाको तिनमाने घर भएका गणेशमान श्रेष्ठ परिवारका चार जनाले ज्यान गुमाएका छन् ।
गणेशमानसहित उनकी धर्मपत्नी रश्मी श्रेष्ठ, छोरीहरू रोजिना र रबिनाले ज्यान गुमाउनु पर्यो । परिवारका चारै जनाको एउटै दुर्घटनामा परी ज्यान जाँदा श्रेष्ठको पुर्ख्यौली थलो तिनमाने गाउँ शोकमा डुबेको समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।
अध्ययनका क्रममा अमेरिकामा बस्ने गरेका श्रेष्ठका दुवै छोरी रोजिना र रबिना नेपाल आएका बेला मुक्तिनाथ दर्शन गर्ने क्रममा दुर्घटनामा परेका हुन् । श्रेष्ठका एक्ला छोरा रोशन श्रेष्ठ अध्ययनका क्रममा अमेरिकामा टुहुरो बनेका छन् ।
सो दुर्घटनामा परी ज्यान गुमाउन पुगेका जहाजका सहचालक उत्सव पोखरेलको गाउँ रुकुमको चौरजहारीमा पोखरेललाई चिन्ने जान्नेले निधारमा हात राखेर दुःख व्यक्त गर्न थालेका छन् ।
२५ वर्षका पोखरेल जिल्लाकै पहिलो पाइलट थिए। तारा एयर उडाउन थालेको एक वर्ष एक महिना नपुग्दै दुर्घटनामा परेर उनको ज्यान गुमेको छ ।
भाइ पाइलट बनेपछि आफू पनि पाइलट बन्ने रहर बोकेका उत्सवका दाजु उमेश पोखरेल अध्ययनका क्रममा फिलिपिन्समा थिए । नेपालमा भाइको दुर्घटनामा परेको खबर सुनेर उनका दाजु उमेश सोमबार दिउँसो नै नेपाल फर्किएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसः पूर्वतयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
बुधबार २ अंकले बढेर २५९५ मा रोकियो नेप्से, ५ अर्ब ८२ करोडका शेयर किनबेच भए
माघ २, २०८१ बुधबार