वीरेन्द्र–ऐश्वर्य उद्यान अन्तिम चरणमा
नेपालबहस संवाददाता
जेठ १७, २०७९ मंगलबार १७:३९:११
१७ जेठ, गलकोट । बागलुङ बजारभित्र अवस्थित वीरेन्द्र–ऐश्वर्य उद्यान पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । अहिले उद्यानमा फूलका विरुवा र दुबो रोप्ने, ढुङ्गा छाप्ने र विद्युतीकरणको काम भइरहेको छ । लामो समयदेखि अस्तव्यस्त बनेको उद्यानलाई नयाँ र आधुनिक शैलीमा पानीको फोहोरासहित पुनःनिर्माण थालिएको थियो ।
उद्यान पुनःनिर्माणको अहिले ६६ प्रतिशत काम पूरा भइसकेको छ भने एक महिना ठेक्का म्याद थपेर बाँकी काम सम्पन्नपश्चात नगरपालिकाले लिने गरी काम भइरहेको बागलुङ नगरपालिकाका इञ्जीनियर सोविन घर्तीले जानकारी दिएका छन् । “पूर्वाधार निर्माणको काम सबै सकिएको छ, अहिले विद्युतीकरण, फूल रोप्ने, दुबो लगाउने तयारीमा छौँ”, उनले भने , “असार मसान्तसम्म सबै काम सकिनेछ, उद्यान निकै पृथक र आधुनिक शैलीमा निर्माण भएको छ, बागलुङ आएका पर्यटकलाई समेत यसले आकर्षण गर्ने छ ।”
स्थानीय सुमन रानाले भने “बागलुङ बजारमा एकैछिन विश्राम गरौँ भन्ने कुनै ठाउँ थिएन, उद्यान कुरुप बनेपछि झनै समस्या थियो, यो कोलाहल बिर्साउने ठाउँका रुपमा विकास भएको छ”, उनले भने । नगरपालिकाले एए कन्स्ट्रक्शनसँग रु ८४ लाखमा चार महिनामा उद्यान पुनःनिर्माण गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । गत वैशाख ३ गतेसम्म सक्नुपर्ने उद्यान अहिले असारसम्म म्याद थपेर काम सक्ने निर्माण कम्पनीको तयारी छ ।
तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको सालिकसहित उद्यानको सौन्दर्यकरण तथा स्थापना गरिएको थियो । विसं २०६२/६३ को जनआन्दोलनको क्रममा उद्यानभित्रका वीरेन्द्र–ऐश्वर्यको सालिक फुटाइएपछि उद्यान क्रमशः कुरुप हुँदै आएको थियो । उद्यानको मुख्य भागमा पानीको फोहोरा र विद्युतीकरण हुनेछ भने पदमार्गमा ताराखोलाको स्लेटढुङ्गा छापिएको छ । उद्यान वरपर विभिन्न फूल र बिरुवा रोपिने छ । उद्यान पुनःनिर्माण अन्तिम चरणमा पुगेपछि बागलुङ बजारवासी खुसी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
त्रिकोणात्मक टी–२० शृङ्खलाः इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा
माघ १३, २०८१ आइतबार
सरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : उपमहासचिव पुन
माघ १३, २०८१ आइतबार
सुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार
बालबालिकामा श्रवणसम्बन्धी समस्या अनिवार्य परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत
माघ १३, २०८१ आइतबार
के अमेरिका र चीनबीचको व्यापार तनावबाट भारतले ठूलो फाइदा लिन सक्छ ?
माघ १३, २०८१ आइतबार