अध्यक्ष सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघमा निर्वाचित
नेपालबहस संवाददाता
जेठ १७, २०७९ मंगलबार २१:५४:१२
१७ जेठ, काठमाडौं । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल विश्वभरका पत्रकारहरुको छाता संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)को कार्यकारी समिति सदस्यमा निर्वाचित भएका छन् । ओमानको राजधानी मस्कटमा जारी अन्तर्राष्ट्रिय पत्रकार महासंघको वल्र्ड कङ्ग्रेसमा उनी मङ्गलबार आइएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित भएका छन् ।
सो भेलामा सहभागी नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिएका छन् । नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकारको पक्षमा नेपाली प्रेसले खेलेको भूमिकाको मूल्याङ्कन गर्दै अध्यक्ष सिग्देललाई एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसियाको प्रतिनिधित्व गरी आइएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित गरिएको हो ।
आइएफजेको यो तहमा नेपालबाट निर्वाचित हुने युनियनका अध्यक्ष सिग्देल सम्भवतः पहिलो व्यक्ति भएका छन् । युनियनका कावा महासचिव भीष्मराज ओझाले जानकारी दिए । प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो । श्रमजिवी पत्रकारका हकहित र लोकतन्त्रका लागि योगदान गर्नेलगायत उद्देश्यका साथ युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
दुर्गा प्रसाईंको मुद्दामा आज बयान र बहस हुने
मंसिर १२, २०८१ बुधबार
गुल्मीमा धान उत्पादन बढ्यो
मंसिर १२, २०८१ बुधबार
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
मंसिर १२, २०८१ बुधबार
एआर रहमानको सम्बन्धविच्छेदमा मोहिनीको हात, यसबारे के भन्छिन् उनी ?
मंसिर १२, २०८१ बुधबार