एसिया छनोट खेल्न यु–१९ महिला क्रिकेट टिम आज मलेसिया जाँदै
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार १२:९:३४
१८ जेठ काठमाडौं । १९ वर्षमुनिको एसिया छनोट खेल्न नेपाली महिला क्रिकेट टोली बुधबार मलेसिया जाँदैछ ।छनोट खेलमा सहभागी हुन जाने १४ खेलाडी, प्रशिक्षक र चारजना अफिसियललाई नेपाल क्रिकेट संघ ‘क्यान’ ले मंगलबार नै कार्यक्रम गरी विदाइ गरेको छ ।
छनोट खेल मलेसियाको क्वालालम्पुरमा जेठ २० देखि २६ सम्म हुनेछ । एसिया छनोट प्रतियोगिताको विजेता टोलीले विश्वकप खेल्न पाउनेछ । छनोटमा नेपालसँगै भुटान, मलेसिया, कतार, युएई र थाइल्याण्ड छन् ।
नेपालले पहिलो खेल जेठ २० मा कतारसँग खेल्नेछ । आईसीसीले पहिलोपल्ट आयोजना गर्न लागेको महिला १९ बर्षमुनिको विश्वकप सन् २०२३ जनवरीमा दक्षिण अफ्रिकामा हुँदैछ ।
टोलीले दक्षिण अफ्रिकामा आयोजना हुने आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य राखेको छ।विश्वकपमा छनोट हुन नेपाली टोलीले मलेसियामा आयोजना हुने यू–१९ एसिया छनोटमा राम्रो प्रदर्शन गर्न चाहन्छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक महेश रिजालले छनोटमा शीर्ष स्थान हासिल गर्दै विश्वकपमा छनोट हुने लक्ष्य लिएको बताए। यसका लागि नेपाली टोलीले एक महिनाअघिदेखि तयारी गरिरहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार