रातो मच्छिन्द्रनाथको रथलाई आज जावलाखेल तानिँदै
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार १३:१७:३१
१८ जेठ काठमाडौं । रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदैछ ।
रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि गएको बिहीवार ज्योतिषहरुले आजको साइत निकालेका हुन् । आज दिउँसो ४ बजेपछि रथ तान्नको लागि तयारी भएको हो । आज रथ तान्नको लागि हिजो लगनखेलको इति क्षेत्रको सडक मर्मत गरेर पिच गर्ने काम गरिएको छ। रथलाई आज लगनखेलबाट जावलाखेल तानिने एक दिनअघि गरिनु पर्ने परम्परा अनुसार हिजो बेलुका रथमाथि नरिवल खसालेर चामलको भात पकाएर घुमाएर चढाइएको थियो ।
आज रथलाई जावलाखेलमा पु्र्याउन सकेको खण्डमा २१ गते शनिवार भोटो देखाइनेछ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई पनि खटमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।
रातो मच्छिन्द्रनाथको रथजात्रा गएको वैशाख २१ गते पुल्चोकबाट रथ तानेर सुरु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार