भारतीय गायक केकेको निधन
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार १३:३६:९
१८ जेठ एजेन्सी । भारतीय गायन क्षेत्रमा केके नामले चर्चित गायक कृष्णकुमार कुन्नथको निधन भएको छ ।
मंगलवार ५३ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । कलकत्तामा दुइ दिने कन्सर्टका लागि पुगेका उनी मंगलवार राति १० बजे अस्पताल पुगेका थिए । त्यहाँको सिएमआरआइ अस्पतालमा पुग्दा उनको निधन भइसकेको घोषणा भयो । कन्सर्टमै अस्वस्थ भएपछि कन्सर्टको मध्यान्तरमा उनले यो कुरा आयोजकलाई जानकारी गराएको स्रोतलाई उद्धृत गर्दै इन्डियन एक्स्प्रेसले भनेको छ। तर अन्त्यसम्मै उनले प्रस्तुति दिए ।
त्यसपछि उनलाई इस्प्लान्ड नामक पाँचतारे होटलमा लगियो। त्यहाँ पुग्दा उनको स्वास्थ्य निकै बिग्रिसकेको थियो । र अस्पताल नपुग्दै उनको निधन भयो । स्थानीय गुरुदास कलेजले कन्सर्ट आयोजना गरेको थियो । उनले २५० गीतमा स्वर दिएका छन् । उनकी श्रीमती र दुई छोरा बुधवार कलकत्ता पुग्ने बताइएको छ। उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुस्ख व्यक्त गरेका छन् ।
त्यसैगरी अभिनेता अक्षय कुमार, गायक हर्षदीप कौर, अभिनेत्री स्वस्तिका मुखर्जीलगायतले सामाजिक सञ्जालमार्फत दुस्ख व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
मंसिर १६, २०८१ आइतबार
एआर रहमानको सम्बन्धविच्छेदमा मोहिनीको हात, यसबारे के भन्छिन् उनी ?
मंसिर १२, २०८१ बुधबार
बालकृष्णको ‘चपुर घुम्न जाउँ...’ गीत सार्वजनिक
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोलि पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
साहारा चितवनको रकम ठगीबारे बयान गराउन छविलाल जोशीलाई चितवन पुर्याइयो
मंसिर १६, २०८१ आइतबार