मनाङका कुन स्थानीय तहमा कति बजेट ?
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार १६:५७:५
१८ जेठ , मनाङ । हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई संघीय सरकारबाट रु ३७ करोड ३६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार पालिकालाई संघ सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो ।
सबैभन्दा बढी मनाङ प्रवेश पालिका नासों गाउँपालिकालाई रु १९ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । चामे गाउँपालिकालाई रु१६ करोड ९७ लाख, मनाङ ङिस्याङ गाउँपालिकालाई रु१६ करोड ४४ लाख र नार्पाभूमि गाउँपालिकालाईरु१४ करोड २४ लाख बजेट विनियोजन भएको मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीनारायण यादवले जानकारी दिए ।
संघीय सरकारले सशर्त, विशेष अनुदान, समपूरक अनुदान, राजस्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने गरेको छ । संघ सरकारले रणनीतिक (मनाङको मेरुदण्ड) डुम्रे–बेँसीसहर–चामे मनाङ सडक निर्माणका लागि बजेट विनियोजन गरेको छ । बहुवर्षीय योजनाका रूपमा संघ सरकारले रु ६१ करोड २८ लाख बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले दिने अनुदान, संघीय अनुदान र स्थानीय स्रोतसमेत समावेश गरेर स्थानीय तहले बजेट निर्धारण गरेको छ । संघीय सरकारको बजेट आएसँगै मनाङका स्थानीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट निर्धारणका लागि योजना तर्जुमा भेला गरी सुझाव संकलन गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
सेनाले भन्यो– कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्
माघ १३, २०८१ आइतबार
त्रिकोणात्मक टी–२० शृङ्खलाः इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा
माघ १३, २०८१ आइतबार
सरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : उपमहासचिव पुन
माघ १३, २०८१ आइतबार
सुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार