सिम्रिक साकोस बिर्तामोडद्धारा विपन्न परिवारका विद्यार्थीहरुलाई पोशाक वितरण
यज्ञप्रसाद भट्टराई
जेठ १८, २०७९ बुधबार १७:१९:३३
♦ यज्ञ प्रसाद भट्टराई
१८ जेठ, काठमाडौं । झापा जिल्लामा मुख्य कार्यालय रही प्रदेश नं. १ का ३ वटा जिल्लामा सेवा बिस्तार गरेर बिपन्न तथा न्यून आय भएका शेयर सदस्यहरुलाई आर्थिक गतिबिधिहरुमा सामेल गराउँदै जिविकोपार्जनमा सहयोग पुर्याउदै आईरहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले सामाजिक सेवाका क्षेत्रमा समेत अनुकरणीय कार्यहरु गर्दै आईरहेको छ । सदस्यहरुको स्वास्थ्य जस्तो शंबेदनशील क्षेत्रमा समेत सकृय रहदै आईरहेको सिम्रिक साकोसले आफ्ना शेयर सदस्यहरुको शिक्षा, स्वास्थ्य, रोजगारी र स्व–रोजगारमा समेत सहयोग पुर्याउँदै आईरहेको सिम्रिक साकोसका कार्यकारी प्रमूख कमल बहादुर बस्नेतले बताएका छन् ।
सामाजिक उत्तरदायित्व बहनको गहन जिम्मेबारीमा सरकारसँग हातेमालो गर्दै आईरहेको सिम्रिक साकोस बिर्तामोडले बिद्यालय भर्नाको समयमा बिद्यालयको पोशाक नभएर बिद्यालय भर्ना हुन नसकेका र बिद्यालय भर्ना भएर पनि समयमै बिद्यालय पोशाक खरिद गर्न असमर्थ रहेका बालबालिकाहरुलाई विद्यालयमै गएर बिद्यालय पोशाक बितरण गरीएको सिम्रिक साकोसका अध्यक्ष तथा सामाजिक/राजनैतिक ब्यक्तित्व सुुवास भट्टराईले बताएका हुन ।
सरकारले समेत छात्रबृत्तिको लागि रकम छुट्याएको छ त किन फेरी बिद्यार्थीलाई संस्थाले पनि पोशाक बितरण गर्नु पर्यो ? भन्ने नेपालबहश डटकमको प्रश्नमा संस्थाका कार्यकारी प्रमूख कमल बहादुर बस्नेतले सरकारले बितरण गर्ने छात्रबृत्ति आगामी बर्षको बजेट कार्यान्वयन पछि मात्रै उपलब्ध हुने तर बिद्यार्थिहरु अहिले देखिनै बिना पोशाक बिद्यालय जानु पर्ने बाध्यतालाई परिपुर्ति गर्नका लागि र संस्था, अभिभावक र बिद्यालय बिचको सम्बन्धलाई सुमधुर बनाउन समेत संस्थाले बिद्यार्थीका लागि पोशाक बितरण गरिएको बताएका हुन ।
झापा जिल्लाका अति दुर्गम क्षेत्रका रुपमा रहेको बाह्रदशी गाँउपालिकामा रहेका श्री साधुपति आधारभूत बिद्यालयका ३० जना, श्री भगवति आधारभूत बिद्यालयका २६ जना, श्री अमृत माध्यमिक बिद्यालयका ५९ जना गरी जम्मा ११५ जना बिपन्न छात्र/छात्रालाई उनिहरुकै घर आँगनमा गएर सहकारीले बिद्यालयको पोशाक बितरण गर्दा संस्था प्रति स्थानीय जनताको मायाँ र सद्धभाव बढेको स्थानीय अभिभावकहरु बताउँछन् ।
हिजो जेष्ठ १७ गते मंगलबारका दिन बाह्रदशी गाउँ पालिका वार्ड नं. १ का नवनिर्वाचित वडा अध्यक्ष श्री टेकबहादुर सिंह राजबंशीको प्रमूख आतिथ्यता तथा सिम्रिक साकोसका अध्क्षक्ष सुवास भट्टराई र कार्यकारी प्रमूख कमल बहादुर बस्नेतको उपस्थितिमा बितरण गरिएको उक्त बिद्यालय पोशाक बितरण कार्यक्रमको संयोजन मानवीय उद्धार सेवाकेन्द्र नेपाल, झापाले गरेको संस्थाका कार्यकारी प्रमूख बस्नेतले नेपालबहस डटकमलाई बताएका हुन ।
संस्थाका सञ्चालक समितिका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको पोशाक बितरण कार्यक्रम संस्थाका कार्यकारी सचिव ईन्द्र बहादुर कार्कीले सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा संस्थाका कार्यकारी समिति सदस्य नवीन योगीले स्वागत मन्तब्य राखेका थिए । वडा नं. १ का वडाध्यक्ष श्री टेकबहादुर सिंह राजबंशीको प्रमूख आतिथ्यता रहेको कार्यक्रममा मानवीय उद्धार सेवाकेन्द्र नेपाल, झापाका अध्यक्ष धन बहादुर बुढाथोकी, लगायतले सिम्रिक साकोसको सामाजिक कार्यप्रति शुभकामना सहित धन्यबाद ब्यक्त गरेका थिए ।
कार्यक्रममा श्री अमृत माध्यमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष भूमिराज थापा, प्र.अ. राम बहादुर थापा, श्री साधुपति आवाशिय माध्यमिक विद्यालयका प्र.अ. गोपाल राया, श्री भगवति आवाशिय माध्यमिक विद्यालयका प्र.अ. श्री रामसिंह राजबंशी, विद्यालय ब्यवस्थापनि समितिमा आबद्ध पदाधिकारी तथा सदस्यहरु सहित ईलाका प्रहरी कार्यालय बाह्रदशीका प्रमूख, बाह्रदशी गाउँपालिकाका
जनप्रतिनिधिहरुको समेत उपस्थित रहेको संस्थाका जनशक्ति बिकास बिभाग प्रमूख मिन बहादुर अधिकारीले विद्यालय पोशाक बिद्यार्थिको नाप अनुसार सिलाई गरि बितरण गरिएको बताएका छन् ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार