प्रथम मिस तमुस्यो लमजुङ २०२२ बनिन् सुष्मा गुरुङ
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार १७:२७:५३
१८ जेठ, लमजुङ । प्रथम मिस तमुस्यो लमजुङ २०२२ को उपाधि सुष्मा गुरुङले जितेकी छन् । दोर्दी गाउँपालिका-९ हिलेटक्सार घर भइ हाल बेसीसहर बस्दै आएकी गुरुङ बेसीसहरमा आयोजित मिस तमुस्यो लमजुङ २०२२ को ग्राण्ड फिनालेमा प्रतियोगिताका ८ जनालाई पछि पार्दै पहिलो मिस तमुस्यो लमजुङ बन्न सफल भएकी हुन् ।
वविता क्लिप्स् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड बेसीसहर र पाचोक नौथर तमु समाज काठमाडौंले आयोजना गरेको प्रतियोगिताका विजयीलाई २०१८ को अन्तराष्ट्रिय मिस तमुस्यो नेपालका विजेता एवं आयोजक संस्थाका अध्यक्ष वविता गुरुङ, मिसेस लमजुङ २०१७ का विजेता शोभा ठकुरी लगायतले ताज पहिरिएका थिए ।
प्रतियोगितामा फस्ट रनरअप गृष्णमा गुरुङ र सेकेण्ड रनरअप निरुता गुरुङ भएका छन् । उनीहरूलाई क्रमशः ताज र प्रमाणपत्र वितरण गरिनुका साथै विभिन्न गिफ्टह्याम्पर प्रदान गरिएको थियो ।
विजयी सुष्माले वेष्ट डिसिप्लिङको अवार्ड समेत जितेकी छन् । वेस्ट फिगर र वेस्ट फोटोजेनिकको अवार्ड विपना गुरुङ, वेस्ट वाकको अवार्ड ज्योति गुरुङ, वेस्ट पर्सनालिटीको अवार्ड इन्दु गुरुङ, वेस्ट स्माइल र मोष्ट ट्यालेन्टको अवार्ड सुमित्रा गुरुङले जितेकी छन् ।
यस्तै कार्यक्रममा आयोजक विजेता बनेकी माया गुरुङले वेस्ट हेयर, निरुता गुरुङले वेस्ट ल्याङ्ग्वेज, गृष्मा गुरुङले मस्ट पपुलरको उपाधि पाएका छन् ।
प्रतियोगिताको निर्णायकमा गुरुङ फिल्मका निर्देशक तथा नायक प्रितम गुरुङ, नायिका खुशी गुरुङ र गीतकार आश गुरुङ रहेका थिए । यस्ता कार्यक्रमले गुरुङ संस्कार र सस्कृतिको संरक्षणमा टेवा पुग्ने गुरुङ अगुवाहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार