कृष्णपुर स्वास्थ्यचौकीमा चौबीस घण्टे सेवा संचालन गरिने
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार १८:१५:३९
१८ जेठ, कंचनपुर । कृष्णपुर नगरपालिकाले सर्वसाधारणको स्वास्थ्य उपचारमा सघाउ पुर्याउन स्वास्थ्यचौकीमा २४ घण्टे सेवा संचालनमा ल्याउन लागेको छ ।
आगामी असार १ गतेदेखि स्वास्थ्यचौकीबाट उपलब्ध हुने सबै सेवा चौबीसै घण्टा पाइने भएको छ । स्वास्थ्यचौकीमा यसअघि बर्थिङ सेन्टरबाट उपलब्ध हुने प्रसूति सेवा मात्रै २४ घण्टा उपलब्ध गराइँदै आएको थियो । प्रसूति सेवासहित अन्य स्वास्थ्यचौकीबाट उपलब्ध हुने सेवा २४सै घण्टा उपलब्ध गरानका लागि कार्य अगाडि बढाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर विष्टले बताए।
“सार्वजनिक बिदाका दिनसमेत स्वास्थ्यचौकीमा २४ सैँ घण्टा सेवा प्रदानका लागि स्वास्थ्यकर्मी व्यवस्थापनको कार्यलाई अगाडि बढाएका छौँ”, उनले भने, “सार्वजनिक बिदा र कार्यालय बिदा भएपछि सर्वसाधारणले स्वास्थ्यचौकीबाट सेवा पाउनबाट वञ्चित रहनुपर्ने अवस्था थियो, त्यसको अब अन्त्य हुने भएको छ ।”
नियमितरुपमा संचालन हुँदै आइरहेको सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्ने कार्यसँगै सेवाग्राहीको स्वास्थ्य सेवामा पहुँच बढाउन र सर्वसुलभ गुणस्तरीय सेवा प्रदान गर्नका लागि हाल संचालनमा रहेका सेवालाई नै नियमित २४ घन्टे सेवा दिने व्यवस्था गरिएको नगर प्रमुख हेमराज ओझाले जानकारी गराए ।
कृष्णपुर स्वास्थ्यचौकीमा मात्रै २४ घण्टे सेवा संचालन गर्ने निर्णय भएको उल्लेख गर्दै उनले बिरामीको चाप र आवश्यकताका आधारमा अन्य स्वास्थ्यचौकीमा समेत सेवा उपलब्ध गराउने समय विस्तार गर्दे लैजाने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार