महालक्ष्मी कर्पोरेट क्रिकेट लिग सम्पन्न, प्रथम संस्करणको विजेता आईसीएफसी फाइनान्स
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार १८:५१:०
१८ जेठ, काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी कर्पोरेट क्रिकेट लिगका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको थियो ।
यहि जेठ १३ देखि १५ गते (तिनदिन) सम्मइमा डोल स्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि आईसीएफसी फाइनान्स लिमिटेडले जित्न सफल भएको छ । प्राइम बैंकले द्वितिय कामना सेवा विकास बैंकले तृतिय स्थान हासिल गर्न सफल भएका छन् ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र, महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले संयुक्त रुपमा ट्रफी, मेडल तथा प्रमाणपत्रहरु प्रदान गरेको बैंकले जनाएको छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलिले सहभागिता जनाएका थिए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा सोमबार काठमाडौंमा आयोजित कर्यक्रममा विजेता आईसीएफसी फाइनान्स, द्वितिय प्राइम बैंक, तृतिय कामना सेवा विकास बैंक, उत्कृष्ट फिल्डर आईसीएफसी फाइनान्सका सुरज तिमिल्सिना , उत्कृष्ट विकेट –किपर मुक्तिनाथ विकास बैंकका मनिष सिंह, उत्कृष्ट बलर महालक्ष्मी विकास बैंकका सागर गुप्ता, उत्कृष्ट ब्याट्सम्यान कामना सेवा विकास बैंकका हेमन्त कुमार श्रीवास्ताव, उत्कृष्ट खेलाडी प्राइम बैंकका क्रितार्थ शाक्य लगायत ३२ खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई म्यान अफ दि म्याचको ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर मिश्रले यस क्रिकेट लिग लगायत अन्य सामुहिक खेलले बैंक तथा वित्तीय संस्थाहरुबिच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सिमित नराखि उनिहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताए ।
कार्यक्रममा बोल्दै महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरुले कर्मचारीहरुमा समुह निर्माण गर्न, समुहमा नेतृत्व दायी भुमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पु¥याउने हुदा समय समयमा यस्ता गतिविधि सञ्चालन गर्नु जरुरी रहेको बताए ।
२८ औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकले ग्राहक, शेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको दरमियानमा प्राप्त सहयोग प्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ । ग्राहकवर्ग, शुभचिन्तक, नियामकनिकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्ग निर्देशनको लागि यस बेंकले कृतज्ञता व्यक्त गर्नुका साथसाथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार