वाई वाइ ग्लोकल टिन हिरो नेपालको आठौं संस्करणका लागि आवेदन खुल्ला
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार १९:४३:४७
१८ जेठ, काठमाडाैं । वाई वाइ ग्लोकल टिन हिरो नेपाल २०२२ को आठौं संस्करणका लागि आवेदन खुल्ला भएको छ । मंगलबार वाई वाई ग्लोकल टीन हीरो नेपालको आठौं संस्करणका लागि आवेदन खुलेको गरेका हो । उक्त संस्करणमा यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२२ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिने जनाएको छ ।
‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रालीको एक कार्यक्रम हो जहाँ किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ । वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ ।
यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच बिकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिनेछ । नेपालबाट सन् २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि सन् २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो ।
हालसम्म नेपालका सात किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डिया बाट तीन र श्रीलन्का बाट दुई जना सम्मनित भएका छन । साथै २० अण्डर २० छनोट गरेर हाल सम्म १४० जनालाई सम्मानित गरिएको छ । ग्लोकल टिन हिरो लाई दक्षिण एसियाली राष्ट्रबिच प्रचार गने लक्ष्य लिएको छ ।
सेप्टेम्बर १, २०२२ मा वाई वाइ ग्लोकल टिन हिरोे नेपाल आयोजना गरिने भएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सञ्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ । यस बर्ष आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणा लगायतका सम्पूर्ण कार्य भौतिक रुपमा सञ्चालन हुनेछ ।
देशभरिका प्रभावशाली किशोरकिशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिबर्तनका नबिन आयाम बोकेका हुन्छन । सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ ।
समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता बिभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले https://glocalteenhero.com/nepal मार्फत निशुल्क आबेदन भर्न सक्ने छन । यसबाहेक, तपाईंहरुले चिनेका अद्भुत किशोर किशोरीहरूलाई मनोनयन पनि गर्न सक्नेछन् ।
पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्ष्याको आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र वाई वाई ग्लोकल टीन हीरो नेपाल २०२२ को बिजेता घोषणा गरिने छ ।
अन्तिम स्क्रीनिंग र साक्षात्कारका लागि निर्णायक टोलीमा नेपालका लागि कोका कोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, युरोपियन युनियनका राजदूत श्रीमती नोना डेप्रेज, ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिंग कम्पनीका अध्यक्ष, सौरभ ज्योति, गोल्छा ग्रुप प्रालिका अध्यक्ष शेखर गोल्छा र गोल्डस्टारको मार्केटिंग, ब्रान्ड र व्यवसाय विकास निर्देशक, श्रीमती विधुसी राणा, रहने छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार