गरिबलाई नछोएको यसपालीको बजेट !
नेपालबहस संवाददाता
जेठ २१, २०७९ शनिबार १४:४२:२२
♦अनुसा थापा/भक्तपुर
नेपाल सरकारले ल्याएको २०७९/८० को बजेट भाषणबाट सरकारी कर्मचारी दंग परेका छन् । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते सदनमा पेश गरेको बजेटमा सरकारी कर्मचारीलाई फाइदैफाइदा हुने नीतिहरु मात्र ल्याइएको छ । पेन्सलवालदेखि लिएर बहालवाला दुवैको तलब १५ प्रतिशतले वृद्धि भएको छ । यता, सरकारी कर्मचारीलाई मासिक आठ दिन छुट्टीको व्यवस्था पनि गरिएको छ । शनिबार र आइतबार दुई दिन उनीहरुलाई कार्यालय जानुपर्दैन् ।
तर, संघसंस्था, उद्योग, निजी कार्यालय र घरायसी कामदारलाई चाहि आइतबार छुट्टीको प्रबन्ध मिलाइएको छैन् । सकेसम्म शनिबार पनि काम लगाउन खोजिन्छ । सरकारले निजी क्षेत्रमा काम गर्ने कामदारहरुको तलब बढाउनुपर्छ भनेर निर्णय गरेन् । संघसंस्था तथा व्यक्तिले तलब बढाउन चासो दिदैनन् । बरु, कम तलबमा धेरै काम दलाउन खोज्छन् । सरकारको आँखामा सरकारी कर्मचारीलाई मात्र मँहगी बढ्दो रहेछ भन्ने कुरा हिजोको बजेट भाषणले स्पष्ट देखाएको छ ।
सरकारी कर्मचारीको मात्र परिवार रहेछन् । सरकारले सरकारी क्षेत्रमा आवद्ध रहेकालाई मात्र देशको नागरिक गन्दो रहेछ । सरकारको दृष्टिकोणबाट हेर्ने हो भने निजीमा काम गर्नेलाई मँहगी बढेको छैन् । उनीहरुको चाहि परिवार र बालबच्चा छैनन् । सरकारले साच्चै उनीहरुलाई बिर्सिएको हो ? सातामा दुई दिन बिदा दिनका लागि पनि विभिन्न शर्तहरु छन् तर तिनीहरुको पालना भएको छैन् । सरकारले सरकारी कर्मचारीको सुःखसयलका निम्ति मात्र यो योजना ल्याएको बुझिएको छ ।
बिहान साढे ९ बजे कार्यालय पुग्नुपर्ने भनिएको छ । तर, ११ बजेसम्म कोही कार्यालय आइपुगेका हुँदैनन् । बेलुकी साढे ५ बजेसम्म ड्युटी भनेपनि ३ बजे घरतिर दौडिहाल्छन् । कतिपय त हाजिर गर्नेबित्तिकै आफ्नो कामविशेष छ भनेर निस्किन्छन् । इन्धन खपत घटाउने भन्ने बहाना बनाएर सरकारी कर्मचारीलाई मोजमस्ती गर्ने बाटो सरकारले खुला गरेको हो । जनताको सेवाका निमित्त खटाइएका कर्मचारीहरु कार्यालय आउछन् तर आफ्नो व्यक्तिगत काम गर्न मात्र ध्यान दिन्छन् ।
सामान खरिद गर्दा पनि कमिशन खान्छन् र छुट्याएको बजेट झवाम्म पार्छन् । नयाँ सामान किनेको दुई दिन पनि टिकाउँदैनन् । सरकारले तलब बढाउन हतार गर्छ तर जनताको काम छिटोछरितो भएको छ कि छैन् त्यो हेर्दैन् । चारैतिरबाट सरकारी कर्मचारीलाई पोस्ने काम मात्र भइरहेको छ । न जनताप्रति हेर्ने दृष्टि र गर्ने व्यवहारमा परिवर्तन आयो । सरकारी कर्मचारीबाट आम नागरिक वाक्कदिक्क भइसकेका छन् । जसरी हुन्छ आफ्नो धोक्रो भर्ने काम मात्र यिनीहरुद्धारा भइरहेको छ । ‘दिन कटानी, माना पचानी’ बाहेक यिनीले केही गर्न जानेका छैनन् ।
बिदाको दिन सरकारी गाडी सडकमा निकाल्न सख्त मनाही छ । शनिबार र आइतबार सरकारी गाडी चलाउन प्रतिबन्ध लगाइएको छ । तर, बिदाको दिन पनि बाटोमा सरकारी गाडी गुडिरहेको भेटिन्छ । रासन किन्नदेखि भट्टीमा जानसमेत सरकारी गाडीकै प्रयोग हुन्छ । अनि, खोइ त नियमनकारी निकाय ? जिल्ला प्रशासन कार्यालयका सिडियो गोविन्द रिजालले बिदाको दिन सरकारी गाडी चलाएमा कारबाही गर्ने भनेर निर्णय गरेका छन् । तर, सोपनि प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको छैन् । तर, अन्य जिल्लाका सिडियोले त यति निर्णय पनि गर्न सकेका छैनन् ।
भक्तपुर र ललितपुरका सिडियो आफै त बिदाको दिन सरकारी गाडी हुइकाउँछन् । अनि कसलाई कारबाही गरुन् ? आफैलाई कारबाही गर्न मिलेन । अन्य जिल्लामा पनि यही नै पारा हो । गृह मन्त्रालयले पनि हालसम्म ७७ वटै जिल्लाका सिडियोलाई सरकारी गाडी नचलाउन परिपत्र गरेकाे छैन् । गृहमन्त्री बालकृष्ण खाँड आफ्ना कार्यकर्तालाई सरकारी गाडीमा घुमफिर गर्न छुट दिन्छन्, अनि अरुले के टेर्लान् ? ट्राफिक प्रहरी महाशाखा भने हातमाथि हात बाँधेर बसेको छ । बिदाको दिन सरकारी गाडी चढ्ने हाकिम र चालक दुवैलाई कारबाही नगरीकन कमिशनको खोजीमा दौडिरहेका छन् ।
सरकारले नै महँगो गाडी किनेर सरकारी कर्मचारीलाई बाँड्ने । पेट्रोलको भार पनि नेपाली जनताले बोकी दिनुपर्ने । चालकलाई तलब दिने ठेक्का पनि जनताले तिरेको करबाट दिने । गाडी मर्मतको नाममा पनि उत्तिकै खर्च गर्ने । अनि हामी नेपाली जनता भोकभोकै मर्ने ? सरकारी कर्मचारीका जीउमा हालेको वस्त्र पनि नेपाली जनताले तिरेको करबाट आएको हो । उनीहरुले मासिक बुझिरहेको तलबभत्ता पनि जनताकै देन हो । खाने हाम्रो काम गर्ने व्यापारीको ? अर्थमन्त्री शर्मा र प्रधानमन्त्री देउवाले चुनाव लक्षित गरेर बजेट कार्यक्रम ल्याएको सबैले बुझिसकेका छन् ।
उनीहरुको आँखाले जनता नदेखेपनि जनताले राम्रोसँग देखेका छन् । अब आउने चुनावमा सरकारी कर्मचारीको भोटले को कहाँ पुग्दो रहेछ नतिजा आउन बाँकी छ । हाल एउटा नेपालीको टाउकोमा ६३ हजार तीन सय रुपैयाँ पुगेको भनेर सरकारी तथ्याङकमा उल्लेख छ । योमध्ये पनि कति त लुकाइएको स्पष्ट बुझिन्छ , अर्थविद्हरु एउटा नेपालीको टाउको ७० हजार रुपैंया ऋण पुगेको छ भनेर बारम्बार भन्दै आइरहेका छन् । विदेशबाट लिएको ऋणले नेपालमा केही प्रगति भएको पाइदैन् ।
सरकारी कर्मचारी र नेताहरुको देश–विदेश घुम्ने खर्च टार्न नसक्ने स्थिति बनिसकेको छ । उपचारको नाममा पनि राज्यकै ढुकुटी सखाप पार्ने काम भइरहेको छ । तलबभत्ता, सेवासुविधा त अझै हिसाब गर्ने बाँकी छ । सरकारले जथाभावी खर्च गरेपनि नेपाली जनता मौन छन् । जनताहरुको स्थिति अझै पनि नाजुक छ । बिहानबेलुका छाक टार्नको निम्ति रातदिन नभनि खट्न बाध्य छन् । मासिक पाँचदेखि १५ हजार तलबमा आफ्नो रगतपसिना बगाइरहेका छन् । उनीहरुले आफ्नो नङग्रा खियाएको जति पनि मूल्य पाएका छैनन् । तर, सरकार कहाँ छ ?
यिनीहरुलाई पनि त मँहगी बढेको होला ? कोठा भाडा बढ्यो होला ? उनीहरुको पनि जहान परिवार होलान् ? यिनीहरुलाई पनि भोक लाग्छ, रोगले च्याप्छ । अनि सरकार छ भनेर उनीहरुले कसरी अनुभुति गर्ने ? नागरिकता दिने, भोट लिने त्यसकै लागि मात्र हो नेपाली जनता ? न उनीहरुलाई राज्यले कुनै क्षेत्रमा छुट दिएको छ । उपचारदेखि लिएर अन्य हरेक क्षेत्रमा सरकारी कर्मचारीलाई मात्र छुट दिएको छ । हामी नेपाली जनता कसैको आवश्यकता परिपूर्तिको लागि कर तिर्न मात्र जन्मिएको हो ? एकछिन हात खाली नराखी बिहान ९ बजेदेखि ७ बजेसम्म खटिनुपर्छ, हामी नेपाली जनता ।
तैपनि खान–लाउन पुग्दैन् । अरुको वर्षैपिच्छे तलब बढ्छ तर निजी क्षेत्रमा काम गर्नेहरु उही तलबमा वर्षौसम्म काम गर्न बाध्य छन् । तलब बढाउन भन्यो भने कामबाट निकालिदिन्छन् । व्यापारीले हप्तैपिच्छे सामानको मूल्य बढाउँछन् । घरधनीले तीन महिनामा घरभाडा । यातायात व्यवसायीले वर्षमा चार पटक भाडा बढाउँछन् । अनि हामी नमरे को मर्ने ? व्यापारी, घरधनी र यातायात व्यवसायीलाई भाडा बढाए भइहाल्यो । व्यापारीले तलब बढेको छैन् भन्दैमा सामानको मूल्य घटाउँदैन् । घरधनीले उही भाडामा कोठा दिदैनन् । सार्वजनिक यातायात पनि उही नै हो ।
श्रम मन्त्रालयले तलब बढाउनुपर्छ भनेर निर्णय गर्दैन् । श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई जनता मरुन कि बाचुन चासो छैन् । कुन म्यानपावरले कमिशन दिन्छ, उनको दिमागमा यही कुरा खेलिरहेको हुन्छ । आफुलाई कमिशन नदिने म्यानपावरको खोइरो खन्न भने भ्याउछन् । २०७८ साउन १ गतेदेखि १५ हजार तलब अनिवार्य दिनुपर्छ भनिएको थियो । त्यो पनि बैंकमार्फत । तर, अहिले पनि मासिक न्युन तलबमा काम गर्ने प्रशस्तै छन् । गरिबको पक्षमा न सञ्चार क्षेत्रले आवाज उठाउछ न उनीहरुको निम्ति सरकार नै छ । गरिबहरुलाई लुट्नेसँग कसैको केही लागेन् । न्युन तलबका कारण भोकभोकै बस्नुपर्ने बाध्यता जाइलागेको छ । रोजगारीका क्षेत्रहरु छैनन् । कुनै व्यवसायी गरौं भने पुजी छैन् । कमाएर खाऊ भने जग्गा छैन् । जताबाट मर्ने पनि सिधासाधी जनता । बजेटले गरिबलाई छोएन् !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार