कबड्डी ४ पाइरेसीको सिकार : हलभित्रै दर्जनौ मोबाइल, सामाजिक संजालमा क्लिपहरु भाइरल
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार २३:५६:५१
१८ जेठ, काठमाडौं । पछिल्लो समय चलचित्र पाइरेसीको ट्रेन्ड परिवर्तित हुँदै गैरहेको बुझ्न सकिन्छ । कोरोनाले थलिएको सिनेमा नगरी यतिबेला तङ्रीएको भएपनि दर्शकले सिनेमा हलभित्रै निर्वाध रुपमा प्रदर्शनरत चलचित्रलाई आफ्नो मोबाइलमा कैद गरिरहेका छन् ।
हिजो मंगलबार सुनसरीको इटहरीमा यस्तै दृश्य देखियो । इटहरीको सेन्ट्रल प्लाजामा अवस्थित ‘सिनेफ्लेक्स’ हलमा दर्शकहरू आफ्नो मोबाइलको क्यामेराले ‘कबड्डि ४’ को महत्त्वपूर्ण दृश्यसंगै चलचित्रको क्लाइमेक्सलाई समेत कैद गरिरहेका थिए ।
तर, सिनेमा हल ब्यवस्थापनले भने यस्तो दृश्यलाई टुलुटुलु हेरेर बसिरहेको पाईयो । न त यस्तो कार्य रोक्नलाई त्यहाँ सुचना गरियो न त खिच्दै गर्दा केहिले नखिच्न भनेर हल्ला गर्दासमेत हल ब्यवस्थापन चुप देखियो ।
‘कबड्डि ४’ युनिटले यस्तो कार्य रोक्न बारम्बार दर्शकलाई अनुरोध पनि गरिरहेको छ । यतिसम्म कि नेपाल चलचित्र संघले कानुनी कारवाहीबाट बच्न दर्शकलाई चेतावनी समेत दिएको छ ।
तर, त्यसको केही पर्वाह नगरी प्रदर्शन सुरु भएको ५ औं दिनसम्ममा पनि यो कार्यले निरन्तरता पाईरहेको छ । झट्ट हेर्दा त एक किसिमले यो चलचित्रको पब्लिसिटीकै रुपमा पनि हेर्न सकिन्छ । तर, त्यो भन्दा पनि चलचित्र पाईरेसीको अर्को स्वरुप हो । इटहरी ‘सिनेफ्लेक्स’ एउटा प्रतिनिधि सिनेमा हल मात्रै हो । देशभरका सिनेमा हल अनि त्यसको हरेक शोमा यसरी मोबाईल तेर्सिएको छैन भन्न सकिदैन ।
चलचित्रको प्रमुख भागहरुको क्लिप र क्लाइमेक्स सिन नै त्यसरी मोबाइलमा कैद गरेर सामाजिक संजालमा भ्युज, लाईक र फलोअर्सका लोभले पोस्ट राखिदा के का लागि फिल्म हेर्न जाने ?
हुन त यस्तो घटनाको शृङ्खला ‘म यस्तो गीत गाउछु २’, ‘ए मेरो हजुर ४’ हुँदै ‘कबड्डि ४’ सम्म आइपुगेको हो । पछिल्लो दिन यस्ता कार्य घट्ने भन्दा बढ्ने क्रम भएपछि नियन्त्रण हुन जरुरी देखिएको हो ।
त्यसैपनि नेपाली दर्शकको पुरानो भनाइ छ “नेपाली चलचित्रको कथा बुझ्न ट्रेलर हेरे पुग्छ, हलसम्म जानै पर्दैन”। इटहरीमा सिनेमाको चहलपहल निकै हुने गर्छ । प्रचारप्रसारका लागि निर्माता निर्देशकको नजरमा परेको इटहरीमा चलचित्रको व्यापार पनि राम्रै छ ।
चलचित्रसंग सम्बन्धित केही सक्रिय संघ संगठन पनि यहाँ नभएको हैन । तर, सामाजिक संजालमा यो बिषयमा केही कमेन्टहरु गर्न सिवाय यस्तो घटनाको नियन्त्रण गर्न कुनै सक्रियता देखाएका छैनन् । सो संघहरुले हल ब्यवस्थापनलाई खवरदारी गर्ने हो भने यो कार्य नियन्त्रणमा पक्का आउने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार