तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
जेठ १९, २०७९ बिहिबार १०:५२:४१
वि.सं.२०७९ साल जेठ १९ गते । बिहीबार । ईश्वी सन् २०२२ जुन ०२ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि–तृतीया, बेलुकी ०९ बजेर ४४ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–आद्र्रा, दिउसो ०२ बजेर २० मिनेट उप्रान्त पुनर्वशु । योग–गंड, रातको १ बजेर १६ मिनेट उप्रान्त वृद्धि । करण– तैतिल, बिहान ०८ बजेर ४४ मिनेट उप्रान्त गर, बेलुकी ९ बजेर ४४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–काण योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ५३ मिनेट । दिनमान ३४ घडी १९ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- उद्योग तथा उत्पादन मुलक व्यवसायमा लागानी गरि मनग्गे धन आर्जन गर्न सकिने छ । छोटो दुरिको उपलब्धि मुलक यात्राको तय गर्न सकिने छ, भने व्यापारमा प्रशस्त आम्दानी हुनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । पुराना विवादित बिषयहरु हल भएर जानेछन् । नाँफामुलक व्यवसाय भन्दा सेवामुलक व्यवसाय फस्टाएर जानेछ ।
बृष’ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पतिको प्रयोग गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिने छ । गितसंगितमा लाग्नेहरुका लागी समयले साथ दिनेछ । विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिने छ । तपाईको बोलिको सबैले कदर गर्नेछन् ।
मिथुन’का,की,कू,घ,ङ,छ,के,को,हा’:- अध्ययन तथा प्रतिस्पर्धामा तपाईको नाम एकक कदम अगाडी आउनेछ भने प्रतिस्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिने छ । राजनीति तथा समाजसेविहरुले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेको छ । समयानुकुल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानी हुने हुनाले आर्थिक अवस्था सुदृड रहने छ । प्रेममा बिश्वासको वातावरण सिर्जना हुनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- लामो दुरिको विदेश यात्राको तय हुनेछ भने विदेशबाट सञ्चालित सस्था,एनजिओ तथा आईएनजिओमा काम पाउने प्रवल सम्भावना रहेको छ । बिदेशमा बसेर पेशा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायी रहनेछ । खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् । अग्रज आफन्त तथा साथिभाईका साथ रमाईलो गर्दै दिनलाई कटाउन सकिने छ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । कामहरु समयमा नबन्नाले मानसिक तनाब बढ्ने छ । रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भबिस्यमा बिवाद सिर्जना हुन सक्छ । अध्ययनमा मन नजाने तथा प्रेममा फाटो आउने अधिक सम्भावना रहेको छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रसस्त रुपैया पैसा कमाउने योग रहेको छ । व्यस्तताका बाबजुत पनि उपलब्धी मुलक कामहरु गर्न सकिने ग्रहयोग रहेको छ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुशियाली छाउने छ । मायाप्रेममा सामिप्यता बढेर जानेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नती हुनेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- सानो प्रयत्नले हुने काम पनि दिनभर लगाएर गर्नुपर्दा समय त्यतिकै व्यतित हुनेछ । बन्द व्यापारमा मन्दी आउनेछ । स्वास्थ्यमा समस्या आउने योग रहेको छ । पढाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिने छ । साथिभाई तथा छिमेकमा असमज्दारी बढ्ने छ । धार्मिक क्षेत्रतिरको यात्रामा मन जानेछ । मायाप्रेममा अबिश्वास बढ्ने तथा जीवनसाथिसँग मनमुटाब बढ्ने छ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- आफन्तको सहयोगले राम्रा काम गर्न सकिने छ । अध्ययनमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिने छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ भने आम्दानीका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिने छ । नसोचेको धन तथा सम्पती हात लागी हुने योग रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे धन आर्जन गर्न सकिने छ । लामो दुरिको यात्रा हुने योग रहेको छ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- मायाप्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा मनमुटाब सिर्जना हुनेछ भने दाम्पत्य जीवनमा चिसोपनाको विकास हुन सक्छ ध्यान दिनुहोला । यात्रामा सोचेजस्तो सफलता पाउन कठिन रहेको छ । व्पापारमा समय दिन नसक्दा वा ध्यान नदिदा घाटा लाग्न सक्छ । साझेदारी व्यवसाय सकभर आजको दिन सुरु नगर्नु होला । बिलाशी बस्तुको प्रयोग गर्न पाईने भएपनि बढि नै उत्साहित हुदा नकारात्मक परिणाम देखा पर्नेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नया उद्योगमा लगानि गर्ने अवसर आउने छ । तपाईको कुरा काट्ने तथा बिरोध गर्नेहरु तपाईकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै जित हात पार्न सकिने छ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाइकै पक्षमा फैसला हुनेछन् । शरिर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिने छ । पढाईलेखाइमा राम्रो नतिजाका साथ तपाइको नाम अग्र स्थानमा आउने छ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- सुधारात्मक क्षेत्रमा गरिएको लगानी त्यसै खेर जानेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अली बढी समय दिए सकारात्मक नतिजा निकाल्न सकिने छ । व्यापार व्यवसायमा गरिएको लगानीबाट सोचे जस्तो प्रतिफल प्राप्त नहुन सक्छ । प्रेम गर्ने जोडिहरु आज टाडै बस्नु उचित छ मायाप्रेममा धोका हुन सक्छ । खानपानमा एकदमै ध्यान दिनुहोला पेट सम्बन्धी समस्या आउने ग्रहयोग रहेको छ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- तपाइ आफ्नै कारणले आफन्त तथा साथिभाईले तपाईको साथ छाड्ने छन् । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी हुनेछैन । आफन्तसँग सानो सानो कुरामा मनमुटाब सिर्जना हुनेछ । अन्य काममा नै व्यस्त हुँदा पढ्ने लेख्ने काम थाती रहने छ । प्रेममा अरुकै नकारात्मक टिप्पणीले शंका उब्जिने छ । छाती सम्बन्धी समस्या आउने प्रवल सम्भावना रहेकोछ ध्यान दिनुहोला । तरपनि भने कृषि, पशुपालन तथा सहकारी व्यवसायमा भने मनग्गे आम्दानी हुनेछ ।
तपाइको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार