तारा एयरको विमान दुर्घटनामा निधन भएकाको शव आफन्तलाई बुझाइँदै
नेपालबहस संवाददाता
जेठ १९, २०७९ बिहिबार १३:२०:८
१९ जेठ काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा तारा एयरको जहाजमा दुर्घटनामा निधन भएकाहरूको शव परिवारलाई जिम्मा लगाइने भएको छ ।
काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमर्टम गरिएसँगै शव आफन्तको जिम्मा लगाउन लागिएको हो । पोस्टमर्टम कार्य सकिएकोले शव पहिचान गरी आज परिवार तथा आफन्तजनलाई जिम्मा लगाउने तयारी छ। शव अन्त्येष्टि गर्न परिवारको जिम्मा लगाउन लागिएको हो । आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज थासाङ-२ सानुसरेमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेको जहाज सोमबार बिहान मात्र फेला परेको थियो । यार्सागुम्बा खोज्न गएकाहरूले जहाज देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी दुर्घटनास्थलबाट शव काठमाडौं ल्याइएको थियो ।
दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, चार भारतीय तथा दुई जना जर्मन नागरिकको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअटो दुर्घटना हुँदा एकको मृत्यु , २ जना घाइते
पुष १०, २०८१ बुधबार
कजाकिस्तानमा दुर्घटना भएको जहाजमा सवार ६७ यात्रु मध्ये २५ जनाको जीवितै उद्धार
पुष १०, २०८१ बुधबार
मोटरसाइकल दुर्घटनामा प्रहरी जवान चौधरीको मृत्यु
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार