चितवनमा भारतीय कारको ठक्करबाट एकको मृत्यु
नेपालबहस संवाददाता
जेठ १९, २०७९ बिहिबार १३:२५:१
१९ जेठ चितवन । पूर्वी चितवनको खैरहनीमा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चितवन कालिका नगरपालिका ४ घर भइ हाल खैरहनी-८ मा बस्दै आएका २१ वर्षीय विश्वास गुरूङ रहेका छन् । पूर्व-पश्चिम महेन्द्र राजमार्गको खैरहनी नगरपालिका-९ सिमलटाँडीमा उनी दुर्घटनामा परेको चितवन प्रहरीले जनाएको छ। बुधबार साँझ सवा आठ बजे पूर्वबाट पश्चिम नारायणगढतर्फ आउँदै गरेको जेएच ०१ डीएक्स ७७४९ नम्बरको भारतीय कारले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ०३-००५ प २६६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते गुरुङको भरतपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार राति सवा नौ बजे ज्यान गएको प्रहरीले जनाएको छ । घटनापछि राजमार्गमा भेला भएका स्थानीयले केहीबेर बाटो रोक्नुका साथै कार तोडफोड गरेका थिए । कारका चालक भारत बिहार राज्य पश्चिम चम्पारण जगदिशपुर-४ बस्ने ३५ वर्षीया आलोककुमारलाई इलाका प्रहरी खैरहनीले नियन्त्रणमा लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअटो दुर्घटना हुँदा एकको मृत्यु , २ जना घाइते
पुष १०, २०८१ बुधबार
कजाकिस्तानमा दुर्घटना भएको जहाजमा सवार ६७ यात्रु मध्ये २५ जनाको जीवितै उद्धार
पुष १०, २०८१ बुधबार
मोटरसाइकल दुर्घटनामा प्रहरी जवान चौधरीको मृत्यु
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय
पुष ११, २०८१ बिहिबार
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
पुष ११, २०८१ बिहिबार