कर्णाली प्रतिष्ठान र राजमार्ग किन प्राथमिकतामा परेनन् ?
नेपालबहस संवाददाता
जेठ १९, २०७९ बिहिबार १७:३८:३६
१९ जेठ, कर्णाली । आगामी आर्थिक वर्ष २०७९÷८० मा कर्णालीका लागि धेरै कार्यक्रम थपिए । यद्यपि सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग भने प्राथमिकतामा परेको पाइएन ।
बजेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राथमिकता पाएको छैन । बजेटले अपेक्षित सम्बोधन नगरेको भन्दै कर्णालीवासीले दुःखेसो पोखेका छन् । बजेटमा सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी सामुदायिक अस्पतालसँगको सहकार्यमा विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्न व्यवस्था मिलाइने छ भन्नेबाहेक अरु सम्बोधन गरेको पाइँदैन ।
कर्णाली राजमार्ग एक लेनमै सीमित छ । भिरमा खोपेर बनाएको एकलेनको सडक, जहाँ गाडी ओहोरदोहोर गर्न निकै गाह्रो अवस्था छ । सरकारलाई राम्रोसँग थाहा हुँदापनि यसको स्तरवृद्धिका विषयमा बजेटमा सम्बोधन नगरिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीको भनाइ छ ।
सुर्खेतदेखि जुम्लासम्म कर्णाली राजमार्ग २३२ किलोमिटर लामो छ । यो राजमार्गमा डेढ दशकमा सयौँ मानिसले जीवन गुमाइसकेका छन् । शाही भन्छन्, “जीर्ण र साँघुरो सडकलाई दुई लेनमा विस्तार गर्न आवश्यक छ ।”
सबैभन्दा ठूलो आयोजना धौलीगाड बृहत् खानेपानी बारेमा पनि बजेटमा केही उल्लेख नभएको उनको भनाइ छ । पातारासी गाउँपालिका जुम्लाको लौठचौरमा निर्माणाधिन अवस्थामा रहेको कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण योजनालाई पनि वेवास्ता गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बताए ।
“विश्वको उच्च भागमा धान फल्ने स्थानमा बन्न लागेको कर्णाली हाइअल्टिच्युड टे«निङ सेन्टर निर्माण सम्पन्न गर्न बजेटको व्यवस्था गर्न आवश्यक थियो”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार