एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ नारी बचत खाताबाट लिनुस् लाखौंको लाभ: जति धेरै मौज्दात त्यति धेरै फाइदा
नेपालबहस संवाददाता
जेठ १९, २०७९ बिहिबार १९:३०:५०
१९ जेठ, काठमाडौं । गृहिणी हुन वा विद्यार्थी, व्यवसायी हुन वा नोकरी गर्ने महिला सबैका लागि एनआईसी एशिया बैंकले खाता खोलेवापत लाखौं बराबरको फाइदा हुने गरी लाभकारी योजना ल्याएको छ । बैंकको यो योजनाअनुसार जति धेरै मौज्दात त्यति धेरै फाइदा मिल्नेछ ।
बैंकले न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्म मौज्दात रहने गरी खाता खोल्दा कयौं रकम लाभ हुने जनाएको छ । बैंकले सर्वश्रेष्ठ नारी बचत खातामा बीमा, कर्जा लगायतका २४ वटा फाइदा पुग्ने बताएको छ । यस्तो खाता खोल्नेलाई ५ वर्ष अवधिका लागि अधिकतम ८४ लाख रुपैंयाँसम्मको बीमा फाइदा हुनेगरी ३ तहको ‘सर्वश्रेष्ठ नारी बचत खाता’ ल्याएको हो ।
एनआईसी एशिया बैंकको निक्षेपमा सुरक्षित रुपमा पैसा राखेसँगै यत्ति धेरै फाइदाको अवसर हासिल गर्न महिलाहरुलाई यो सुनौलो मौका भएको बैंकले बताएको छ । यस्ता फाइदा उपयोग गर्न ‘सर्वश्रेष्ठ नारी बचत खाता’ अन्तर्गतका विभिन्न ३ प्रकारका भेरियन्टहरु (एन आई सी एशिया गुडविल एम्बेसडर, द प्राइड एन आई सी एशिया र द पार्टनर अफ एन आई सी एशिया) मा तोकिएको न्यूनतम मौज्दातमा खाता खोल्नु पर्ने हुन्छ । सोही मौज्दात अनुसारको खातामा ग्राहकले २४ अतुलनीय सर्वश्रेष्ठ फाइदाहरु हासिल गर्न सक्नेछन् ।
बैंकले खाता खोलेर कारोबार गर्नेलाई ५ वर्षसम्म निःशुल्क डिजिटल एण्ड ट्रन्जेक्सन बैंकिङ फाइदा दिएको छ । डेबिट कार्ड, मोबाईल बैंकिङ र ईन्टरनेट बैंकिङमा पाँच बर्षको लागि निःशुल्क कारोबार गर्न पाइनेछ । रू. ५ लाखसम्म क्रेडिट कार्ड लिन पाईनेछ भने क्रेडिट कार्डमा आबद्ध भएको र जारी भएको शुल्क लाग्दैन । पाँच वर्षसम्म निःशुल्क प्रिपेड डलर कार्ड प्रयोग गर्न र ई-कमर्श एक्टिभेशन शुल्क लाग्दैन । यससँगै ५ वर्षसम्म निःशुल्क चेक प्रोसेसिङ्ग, आरटीजीएश, आईपीएस तथा सीआईपीएस, लकर शुल्क, लकर मार्जिन, एटीएमबाट नगद झिक्न (स्वदेशी बैंक) र एटीएमबाट मौज्दात जाँच गर्न (स्वदेशी बैंक) सकिने छ । साथै, ग्राहकलाई विदेशी मुद्रा सटही प्रिमियममा २५ पैसासम्म छुट दिईनेछ । जसमा अमेरिकी डलर, यूरो क्यानेडियन, पाउण्ड स्ट्रर्लीङ र अष्ट्रेलीयन डलर सटहीमा विशेष छुट रहेको छ ।
बचत गर्नेलाई १० गुनासम्म कर्जा
एनआईसी बैंकमा खाता खोल्ने बचतकर्ताले आवश्यकता अनुसार कर्जा सम्बन्धी लाभ लिन सक्नेछन् । पूर्व स्वीकृत कर्जा सीमा बचतकर्ताहरूले खाताको ३ महिनाको औसत मौज्दातको १० गुनासम्म व्यक्तिगत कर्जा फाइदा पाउनेछन् । नेपाल राष्ट्र बैंक तथा यस बैंकको विद्यमान व्यवस्थाको पालना गरी सहुलियत ब्याजदर (आधारदरमा थप १ प्रतिशत) तथा ०.२५ प्रतिशतको न्यूनतम प्रशासनिक शुल्कमा उपभोग गर्न सकिनेछ ।
यदि ग्राहकको बचत खातामा पछिल्लो तीन ३ महिनामा औसत रू. १० लाख बचत जम्मा रहेको छ भने ग्राहकले रू. १ करोड कर्जा लिन चाहेको खण्डमा पूर्व स्वीकृत कर्जा फाइदा अनुरुप तीन महिनाको औसत मौज्दातको १० गुना बढी अर्थात् रू. १ करोड कर्जा रकममा बेसरेटमा थप १ प्रतिशत ब्याजदर कायम गरी सो कर्जा रकम प्राप्त गर्न सक्नेछन् । यस अवस्थामा कर्जा प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्र लाग्ने व्यवस्था बैंकले गरेको छ ।
एन आई सी एशिया ‘द गुडविल एम्बेसडर’ सर्वश्रेष्ठ नारी बचत खाता
यो खाता न्यूनतम १ लाख मौज्दतमा खोल्न सकिनेछ । यस्तै बीमा फाइदाहरुमा खातावाला र खातावालाले तोकेको अतिरिक्त ३ जनाले बीमा फाइदा पाउनेछन् । यो खाता खोलेको ५ वर्षसम्म बीमा सुरक्षण उपलब्ध रहेको छ । जसमा रू. ४० लाखसम्म दुर्घटना बीमा, रू. ४० लाखसम्म घातक रोग बीमा, रू. ४ लाखसम्म औषधि उपचार बीमा फाइदा छ । औषधि उपचार बीमाअन्तर्गत ओपीडीमा ८० हजार रुपैयाँ र हस्पिटलाईज्ड हुनुपरेमा ३ लाख २० हजारसम्मको बीमाले व्यहोर्ने छ ।
यससँगै, सम्पत्ति अभिवृद्धि फाइदा अन्तर्गत ५ वर्षको लागि निःशुल्क डिम्याड खाता र मेरो शेयर निःशुल्क, पोर्टफोलीयो म्यानेजमेन्ट सेवा शुल्कमा ५ वर्षको लागि ५० प्रतिशतसम्म छुट पाइनेछ । यस्तै, २ लाख रुपैयाँभन्दा माथि भएकालाई फ्लेक्जी फिक्सको फाइदा प्राप्त हुनेछ । फ्लेक्जी फिक्स्डमा मुद्दती निक्षेपकै ब्याज पाइनेछ । यस्तै, खातावालाले पूर्व स्वीकृत कर्जा सीमा ३ महिनाको औसत मौज्दातको १० गुनासम्म पाउनेछन् । यससँगै ५ वर्षसम्म निःशुल्क डिजिटल एण्ड ट्रन्जेक्सन बंैकिङ र प्रिभिलेज बंैकिङ फाइदा पाउनेछन् ।
‘द प्राईड अफ एन आई सी एशिया बैंक’ सर्वश्रेष्ठ नारी बचत खाता
यस योजना अन्तरगत न्यूनतम ५० हजार मौज्दातमा खाता खोल्न सकिने र ब्याजदर हरेक महिना प्रकाशित दरको आधारमा दिनेछ । यो प्रोडक्ट लिएका खातावाला र अतिरिक्त १ जनाले ४२ लाखसम्मको बीमा फाइदा पाउनेछन् । यो खाता खोलेको ५ वर्षसम्म बीमाले व्यहोर्छ । जसमा रू. २० लाखसम्म दुर्घटना बीमा, रू. २० लाखसम्म घातक रोग बीमा,. रू. २ लाखसम्म औषधि उपचार बीमा फाइदा छ । यसअन्तर्गत ओपीडीमा ४० हजार रुपैयाँ र हस्पिटलाईज्ड हुनुपरेमा १ लाख ६० हजारसम्मको बीमावापत भुक्तानी गरिन्छ ।
यस्तै सम्पत्ति अभिवृद्धि फाइदा अन्तर्गत ५ वर्षको लागि निःशुल्क डिम्याड खाता र मेरो शेयर निःशुल्क र पोर्टफोलीयो म्यानेजमेन्ट सेवा शुल्कमा ५ वर्षको लागि ५० प्रतिशतसम्म छुट पाउनेछन् । निक्षेपकर्ताहरूले यस बैंकको सहकार्यमा एन आई सी एशिया क्यापिटलले उपलब्ध गराएको पोर्टफोलीयो म्यानेजमेन्ट सेवा सहुलियत शुल्कमा उपभोग गर्न सक्छन् । जसमा निक्षेपकर्तासँग भएको पूँजीलाई व्यवस्थापन गरी विभिन्न क्षेत्र (शेयरबजार, म्युचुअल फन्ड, आदि) मा लगानी गरी उच्च प्रतिफल प्रदान गरिन्छ । यसमा पूर्व स्वीकृत कर्जा सीमा ३ महिनाको औसत मौज्दातको १० गुनासम्म पाईने छ । यससँगै ग्राहकले ५ वर्षसम्म निःशुल्क डिजिटल एण्ड ट्रन्जेक्सन बैंकिङ र प्रिभिलेज बैंकिङ फाइदा उपयोग गर्न पाउछन् ।
‘द पार्टनर अफ एन आई सी एशिया बैंक’ सर्वश्रेष्ठ नारी बचत खाता
यसमा न्यूनतम २५ हजार मौज्दतमा खाता खोल्न सकिने र ब्याजदर हरेक महिना प्रकाशित ब्याजदरको आधारमा प्रदान गरिनेछ । सो मौज्दातमा खाता खोल्नेले २१ लाख रुपैयाँसम्मको बीमा फाइदा पाउनेछन । यो खाता खोलेको ५ वर्षसम्म बीमाले व्यहोर्छ । जसमा रू. १० लाखसम्म दुर्घटना बीमा, रू. १० लाखसम्म घातक रोग बीमा, रू. १ लाखसम्म औषधि उपचार बीमा फाइदा छ । औषधि उपचारअन्तर्गत ओपीडीमा २० हजार रुपैयाँ र हस्पिटलाईज्ड हुनु परेमा ८० हजार रुपैयाँसम्मको बीमाले व्यहोर्ने छ ।
यस्तै सम्पत्ति अभिवृद्धि फाइदाअन्तर्गत ५ वर्षको लागि निःशुल्क डिम्याड खाता र मेरो शेयर निःशुल्क र पोर्टफोलीयो म्यानेजमेन्ट सेवा शुल्क ५० प्रतिशतसम्म छुट पाइनेछ । यस्तै, पूर्व स्वीकृत कर्जा सीमा ३ महिनाको औसत मौज्दातको १० गुनासम्म कर्जा पाईनेछ । यससँगै ५ वर्षसम्म निःशुल्क डिजिटल एण्ड ट्रन्जेक्सन बैंकिङ र प्रिभिलेज बैंकिङको फाइदा उपभोग गर्न सकिन्छ ।
स्विप–ईन- स्विप–आउट फाइदा
ग्राहकहरूको मेहनतको कमाइमा बैंकले उच्चतम प्रतिफल दिने सोच अनुरुप बचत खातामै मुद्दती निक्षेपको ब्याज प्राप्त हुने योजना स्विप इन–स्विप आउट फाइदा हो । यस फाइदा अन्तर्गत खातावालाको बचत खातामा कुनैपनि दिन रू. २००,००० भन्दा बढी रकम मौज्दात भएमा, उक्त बढी रकमलाई रू. १०,००० ले गुणन गरी बैंकले तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा मुद्दती खाताकै सरह वार्षिक उच्चतम ब्याजदर खातावालालाई उपलब्ध गराइनेछ । जसकारण बचतकर्तालाई बचत खातामै राखेको रकममा मुद्दती निक्षेपको ब्याजदर प्राप्त हुन्छ ।
यसरी प्राप्त हुने लाभ बचत खाताको भन्दा करिब ४३ प्रतिशत बढी हुने गर्दछ । यस फाइदाले गर्दा खातावालाले मेहनत गरेर कमाएको रकममा सर्वाधिक उच्च ब्याजदर प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम यहाँको आवश्यकता अनुसार बिना झन्झट सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिने व्यवस्था समेत रहेको छ । यदि ग्राहकले तीन महिना अगावै (म्याच्युरिटी हुनु अघि) रकम स्विप आउट अथवा झिकेको खण्डमा सो रकममा बचत खाताकै ब्याजदर प्राप्त हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार
औपचारिक रुपमा नेपालको बिजुली बंगलादेश निर्यात हुन थाल्यो, भारतीय ग्रिडबाट ४० मेगावाट पठाइयो
कात्तिक ३०, २०८१ शुक्रबार
प्राधिकरणले भोलि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने, भारतले दियो सहमति
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार