बैतडीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
नेपालबहस संवाददाता
जेठ २०, २०७९ शुक्रबार १२:२३:१६
२० जेठ बैतडी । बैतडीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
भिरबाट लडेर एकजनाको मृत्यु भएको हो भने एकजना मृत फेला परेका हुन् । भिरबाट लडेर पाटन नगरपालिका ६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको मृत्यु भएको हो। बिहीबार साँझ सात बजेतिर खिपाली नजिकै रहेको बान्नरो भीर भन्ने स्थानबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको पाटन नगरपालिका ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बताए ।
मृतक अवस्थी छारेरोगी रहेको बुझिएको छ। अवस्थीका श्रीमती, दुई छोरी र एक छोरा छन् । यस्तै सिगास १ किनाराधुरा ५२ वर्षीय गगनसिंह धामी स्थानीय गाजरी बजार नजिकै बिहीबार मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख,प्रहरी निरिक्षक कमल चौधरीले जानकारी दिए ।
घटनास्थलको मुचुल्का बनाएर मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअटो दुर्घटना हुँदा एकको मृत्यु , २ जना घाइते
पुष १०, २०८१ बुधबार
कजाकिस्तानमा दुर्घटना भएको जहाजमा सवार ६७ यात्रु मध्ये २५ जनाको जीवितै उद्धार
पुष १०, २०८१ बुधबार
मोटरसाइकल दुर्घटनामा प्रहरी जवान चौधरीको मृत्यु
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
कजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार