आईसीसी विश्व कप क्रिकेट लिगको अभ्यास खेलमा नेपाल ओमानसंग पराजित
नेपालबहस संवाददाता
जेठ २०, २०७९ शुक्रबार १२:५७:१४
२० जेठ काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग दुई अन्तर्गत अमेरिका र ओमानसँगको खेल अगाडि भएको पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको छ ।
गएराति भएको खेलमा नेपाल अमेरिकाको स्थानीय क्लब नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४५ ओभर पाँच बलमा १ सय ९० रनमा अलआउट भयो । नेपालका आरिफ शेखले ६० रनको अर्धशतकीय पारी खेले । त्यस्तै विनोद भण्डारीले २६, करण केसीले २१, देभ खनालले २०, रोहित पौडेल र आदिल अन्सारीले समान १६ रन बनाए ।
अल स्टार्सका मार्टी किनले तीन तथा मोहम्मद इलियास र आदि भाटीले दुई / दुई विकेट लिए । १ सय ९१ रनको लक्ष्य अल स्टार्सले ३३ ओभर पाँच बलमा ६ विकेट गुमाएर भेट्टायो । उसका विपुल शर्माले ५० रनको अर्धशतकीय पारी खेले । एन्द्रियस गोउस ४५ रनमा आउट भए । गौरव बजाज ४० रनमा अविजित रहे । नेपालका कप्तान सन्दीप लामिछानले ५ विकेट लिए ।
नेपालले दोस्रो अभ्यास खेल शनिवार ह्युस्टन ह्युरिकेन्ससँग खेल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार