जडीबुटी प्रशोधन केन्द्र जुम्लामा हुनुपर्ने माग
नेपालबहस संवाददाता
जेठ २०, २०७९ शुक्रबार १७:१५:१
२० जेठ, कर्णाली । कर्णाली प्रदेशस्तरीय जडीबुटी प्रशोधन केन्द्र जुम्लामै हुनुपर्ने माग गरिएको छ । संघीय सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० को बजेटमा भने उक्त केन्द्र सुर्खेतमा स्थापना गरी संचालनमा ल्याउने व्यवस्था गरेको छ ।
यसमा माथिल्लो कर्णालीका जडीबुटी कृषकले प्रशोधन केन्द्र सुर्खेतमा संचालन गर्ने योजना बनाइनु आफैँमा न्यायिक नभएको प्रतिक्रिया दिएका छन् । जुम्लाका अगुवा कृषक रामकृष्ण बुढ्थापाले जडीबुटीको भण्डार मानिने जुम्लामा जडीबुटी प्रशोधन केन्द्र संचालनको व्यवस्था गर्नुपर्ने बताए ।
“जुम्ला हिमाली र पहाडी दुवै क्षेत्रको ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा भौगोलिक केन्द्रबिन्दु हो”, उनले भने, “यति हुँदाहुँदै पनि जडीबुटी उत्पादन एवं संकलन हुने क्षेत्रमा प्रशोधन केन्द्र स्थापना गर्ने चेष्टा नराख्नु नेतृत्वको पूर्वाग्रह हो ।” यसबारे सरकारले बेलैमा मनन् गर्नुपर्नेमा उनको जोड छ ।
उच्च मूल्य र विविधतायुक्त जडीबुटीको क्षेत्र अपर कर्णालीमा प्रशोधन केन्द्र स्थापना गरी संचालन गर्न सकेमात्र यहाँका नागरिकको आर्थिक आयआर्जन र बेरोजगारी समस्या समाधानमा सहयोग पुग्ने बुढ्थापाको भनाइ छ । उनका अनुसार सरकारले सकेसम्म भूगोल, हावापानी र जैविक विविधताका आधारमा सुर्खेत, जुम्ला र हुम्लामा समेत जडीबुटी प्रशोधन केन्द्र संचालनमा ल्याउनुपर्दछ ।
जडीबुटीको भण्डारका रुपमा परिचित जुम्लास्थित पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जडीबुटी उत्पादन तथा संकलन हुने क्षेत्र एक तर प्रशोधन केन्द्र अर्को ठाउँ स्थापना गर्ने सरकारी प्रावधान उपयुक्त नभएको बताए । “अहिले पनि जडीबुटीबाट आउने राजस्व संघीय सरकारले उठाइरहेको छ”, अध्यक्ष बोहोराले प्रश्न गरे, “प्रशोधन केन्द्र स्थापना मात्र गरेर के हुन्छ रु”
जुम्लामा प्रशोधन केन्द्र स्थापना गर्नुले जडीबुटी उत्पादन क्षेत्रका कृषक लाभान्वित हुने र यहाँको बेरोजगारी समस्यालाई समाधान गर्न सकिने उहाँले बताउनुभयो । उनका अनुसार जुम्लाका केन्द्र स्थापनाको मागसहित ‘डेलिकेसन’ जाने तयारी भइरहेको छ । अर्का कृषक नरबहादुर रावतले सुर्खेत र आसपासका जिल्लाका लागि जडीबुटी प्रशोधन केन्द्र संचालन गरिएपनि जुम्लाका लागि प्रशोधन केन्द्र अपरिहार्य भएको बताए ।
सरकारले कर्णालीको चिनो, कागुनो, फापर, उवा, सिमी, मार्सी तथा उत्पादनको प्रशोधन र प्याकेजिङ गरी बजारी गर्न प्रदेश सरकारसँग सहकार्य गर्ने, कर्णाली र गण्डकी प्रदेशका हिमाली जिल्लालाई स्याउ उत्पादन र प्रशोधनको केन्द्र बनाउन कार्यक्रम सञ्चालन निर्णयलाई भने स्वागत गरिएको छ । त्यस्तै, यस प्रदेशमा १०० लाई रोजगारी दिने उद्योगलाई १५ वर्षसम्म आयकरमा छुट दिने सरकारी प्रावधान स्वागतयोग्य भएको सरोकारवालाले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार