मौद्रिक नीति कसिलो आउन सक्छ, मर्जरमा जानेले चाँडो गर्नूः राष्ट्र बैंक
नेपालबहस संवाददाता
जेठ २०, २०७९ शुक्रबार १७:५४:२७
२० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति र बाणिज्य बैंकहरुको अवस्था विषयमा बैंक प्रतिनिधिहरुसँग छलफल गरी मर्जरमा जाने प्रक्रियामा रहेकाहरुलाई चाँडा प्रक्रिया सक्न निर्देशन दिएको छ ।
बिहीबार गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रतिनिधिहरुलाई बोलाएर राखेको छलफलमा मर्जरमा जाने बैंकलाई चाँडै प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन् ।
राष्ट्र बैंकको छलफलमा वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्ष र अडिट कमिटीको संयोजक लगायत सहभागी रहेको बताइएको छ ।छलफलमा राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले अहिलेको वित्तीय सूचक तथा समस्या र चुनौतीबारे जानकारी गराएका थिए ।
बैंकका सञ्चालकहरूले व्यवस्थापनमा राष्ट्र बैंकको अनावश्यक दवाव आउँदा वित्तीय क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा धाराणा राखेपछि बैंकहरु सुशासनमा बसे राष्ट्र बैंकले हस्तक्षेप नगर्ने भट्टले बताएका थिए ।
राष्ट्र बैंकका प्रतिनिधिले आउँदो मौद्रिक नीति वित्तीय क्षेत्रमा देखिएको जोखिमलाई कम गर्न थप कसिलो बनाउने संकेत बैंकका सञ्चालकहरुलाइ दिएका थिए । गभर्नर अधिकारीले बैंकहरूलाई मर्जरमा जाने भए प्रारम्भिक सम्झौताका लागि असार मसान्तसम्मको समय रहने बताएको राष्ट्र बैंक स्रोतले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु
पुष ७, २०८१ आइतबार