भेटघाट गर्नका लागि यत्रो मत दिएर बालेन्द्र शाहलाई मेयर जिताएको हो ?
नेपालबहस संवाददाता
जेठ २१, २०७९ शनिबार १२:३०:५०
♦अनुसा थापा
२० जेठ, काठमाडौं । नवनिर्वाचित जनप्रतिनिधिहरुले आफ्नो पदभार सम्हालेको पनि धेरै दिन बितिसकेको छ । जनताद्धारा प्रतिक्षित जनप्रतिनिधिहरु आइसकेका छन् । सबै स्थानीय तहको मुहार फेरिएको छ । अब जनप्रतिनिधिले जनताको अपेक्षा अनुसार काम गर्न सक्छन् कि सक्दैनन् त्यो हेर्न मात्र बाँकी छ । कुनैले आउन नपाईकन आफ्नो भड्किलो तौरतरिका देखाइसकेका छन् । शपथग्रहण कार्यक्रममै पैसाको खोलो बगाइएको पनि देख्न पाइयो । आफ्ना आफन्तलाई बोलाएर देखाउने काम पनि नभएका होइनन् ।
जनताले तिरेको करबाट शपथ कार्यक्रममा चिसोदेखि तातोसम्मको व्यवस्था गरियो । हालसालै निर्वाचित भएका मेयर र वडाध्यक्षले आफ्नो पृष्ठभुमिसमेत बिर्सिएनन् । छेउछाउमा गुण्डा राखेर शपथ लिए । उनीहरुको पेशा र रुप त्यतिखेर नै जनताले देखिहाले । पार्टीलाई पैसा खुवाएर टिकट त लिए । पैसाकै आडमा मेयर र वडाध्यक्ष पनि जिते । तर, तिनीहरुसँग काम गर्ने क्षमता छ चाहि के ?
हिजो दलाली गर्ने जान्नेले भोलि पनि त्यही पेशा अगाल्ने हो । गुण्डागर्दी गर्नेलाई थर्काउनेबाहेक अरु केही आउँदैन् । हिजोको दिनमा थर्काएर र ठगेर कमाएको पैसाको प्रयोग गरेर जनप्रतिनिधि बनेकासँग कुनै योजना छैन् । एउटा वडाध्यक्ष जितेका छन् तर घमण्ड हेर्याे भने प्रधानमन्त्रीको भन्दा पनि बढी छ । झन् मेयरमा राष्ट्रपतिभन्दा पनि बढी अहंकार आएको देख्न सकिन्छ ।
तर, हामीभन्दा ठूलो जनता हो । हामी जनताको मालिक होइन् सेवक हो भन्ने भाव यिनीहरुमा देखिएको छैन् । मानौ, यति छुट्याउनका निम्ति यिनीहरुसँग दिमाग पनि छैन् । जनताले तिरेको करबाट कसरी दरबार ठड्याउला ? ठेकेदारहरुबाट कसरी कमिशन खाने ? आफन्तलाई कसरी सरकारी जागिरमा छिराउने ? नवनिर्वाचित जनप्रतिनिधिहरुको ध्यान त्यतातिर मोडिएको छ ।
पानीको मुहान नै सफा छैन् भन्ने गाग्री सफा गरेर के गर्नु ! गाग्री नै फोहोर पारिदिन्छ । तर, यसमा गाग्री त दोषी होइन् । राजनीतिक पार्टीका शीर्ष नेता नै गतिलो नभएपछि राम्रोले टिकट पाउनु कल्पनाबाहिर कै कुरा हो । यो नेपालीका लागि कुनै नौलो विषय पनि रहेन् । पार्टीबाट आजित भइसकेका काठ्माडौं महानगरपालिकाका जनताले स्वतन्त्र उम्मेदवार चुने । पार्टीबाट जो उठेपनि महानगरको स्वरुप नबद्लिएपछि उनीहरुले नयाँलाई ठाँउ दिए ।
पार्टीलाई विश्वास नगरेर स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहलाई सबैको मेयर बनाए । ६१ ह्जार सात सय ६७ भोट ल्याएर मेयर पदमा बोलन्द्र शाह आए । तर, यत्रो मत टोकरीमा फालेर मेयर शाह यताउता डुल्नमै व्यस्त छन् । मतदातालाई विश्वासघात गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनलाई भ्याइनभ्याइ छ । जनताको काम गर्न छाडेर आशीर्वाद थाप्न मेयर शाह दौडधुप गरिरहेका छन् ।
महानगरवासीले देउवालाई भेटन् जाऊ भनेर भोट दिएको हो ? ओलीलाई ढोग्न जान यत्रो भारी मत दिएर विजयी बनाएका हुन् ? निवर्तमान मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबाट वाक्कदिक्क भएपछि जनताले उनलाई भोट दिएको छर्लग्ङ छ । बालेनले केही काम गर्छ कि ! महानगरको रुप फेरिन्छ कि भन्ने आशाका साथ मतदाताले उनलाई चुनेका छन् ।
रातदिन नभनी महानगरको स्याहारसुसार गर्ने अभिभावक काठ्माडौंबासीलाई चाहिएको हो । दशदुनियाँ डुल्दै हिड्ने मेयर खोजेका होइनन् । यस्तै पारा हो भने अर्को चुनावमा बालेनको हालत केशव स्थापित र सिर्जना सिंहभन्दा पनि गएगुज्रिएको हुने निश्चित छ । बालेनसँग कतिको क्षमता कति रहेछ भन्ने कुरा महानगरको पहिलो बैठकबाट जनतामाँझ स्पष्ट भइसकेको छ ।
पहिलाे बैठकमा वडाध्यक्षहरुले मेयरलाई पेल्नु पेलेका थिए । मेयरभन्दा वडाध्यक्ष शक्तिशाली रहेछन् भन्ने कुरा सबैले बुझिसकेका छन् । अब मेयरको दारी र चस्माले जादु देखाउनेवाला छैन् । अब यी दुई चीज होइन् काम हेर्ने दिन आइसकेको छ । गीत गाएको र सञ्चारमाध्यममा अन्तरवार्ता दिएकोजस्तो सहज छैन् मेयर पद । आफ्नो मनमर्जीले महानगर चलाउछु भनेर सोच्नु नै गलत ठहरिन्छ ।
आउन पाएको साता दिन नबित्दै काठ्माडौंको मेयरको क्षमतामा प्रश्न उठ्न थालिसकेको छ । उनले ६ महिना पनि मेयर पद सम्हाल्न नसक्ने जनताहरुको ठम्याई छ । देउवा र ओलीले मेयरको खुट्टा तान्ने योजना बनाइसकेको बुझिएको छ । एकातिर मेयरलाई माला लगाएर सम्मान प्रकट गर्ने अर्कोतिर आफ्नो पार्टीबाट चुनाव जितेका वडाध्यक्षहरुलाई मेयरलाई काम गर्न नदिनु भनेर निर्देशन दिइसकेका छन् ।
मेयरले गरेको निर्णय जसरी पनि अवरोध गर्न पार्टी अध्यक्षहरुले भनिसकेका छन् । बुढापाखाले भन्छन् ‘नपत्याउने खोलाले बगाउछ’ । अहिलेको मेयर बालेन्द्र शाहको हकमा पनि त्यही भएको हो । आफु मेयर हुन्छु भनेर शाह आफैमा विश्वस्त थिएनन् । तर, तिर ठ्याक्कै निशानामा पप्यो । मेयर जित्न होइन् चर्चामा आउन उनले उम्मेदवारी दिएका थिए । काठमाडौंबासीहरु नयाँ विकल्पको खोजीमा भइरहेको बेला बालेनलाई चिठ्ठा परेको छ ।
मेयर बालेनले पनि मौकामा चौका हाने । नयाँ व्यक्तित्वको खोजीमा रहेका काठमाडौंबासीले बालेनलाई चुनेका हुन् । मेयरले काम गर्न सक्दैन् भन्ने कुरा अहिले सार्वजनिक बहसकै विषय बनिसकेको छ । सार्वजनिक स्थल, चियागफ जताततै यही विषयमा चर्चा चलेको छ । मेयर पद पाउनेबित्तिकै नेपाली सेनाको प्रधानसेनापतिलाई गए भेट्ने । राजनीतिक दलको ढोका ढक्ढक्याउन पुग्ने ।
यस्तो पनि मेयर हुन्छ ? उमेर पनि कलिलै भएर होला उनले ठाँउ ठम्याउन नसकेको । आफु कुन दिशामा जाने उनी अझै पनि अलमल्ल परेका छन् । कहाँबाट कामको थालनी गर्ने उनीसँग सुरसार नै छैन् । मेयर भएपछि राजनीतिक दल र नेपाली सेनाको प्रधानसेनापति भेट्न जाँदा बालेनलाई के–के न गरेको अनुभुति भएको होला । तर, भोट दिने मतदाताहरु उनलाई देखेर धिक्कार मान्न थालिसकेका छन् ।
आफ्नो मत फेरिपनि कतै खेर त जाने होइन् भन्ने शंका उनीहरुलाई लागिसकेको छ । यता, अन्य वडाध्यक्षले पनि यही रुप देखाए । हामी तलबभत्ता खादैनौ । सरकारी गाडी चढ्दैनौ । भ्रष्ट्राचार गर्दैनौ भनेर मत लिएका थिए । तर, व्यवहारमा सो कुरा लागू भएन् । अहिले उनीहरु सरकारी गाडी पनि चढ्छन्, कमिशन पनि खान्छन् । जनताको कामचाहि गर्दैनौ ।
नेकपा माओवादी पार्टीले निर्वाचित जनप्रतिनिधिलाई धमाधम तालिम दिइरहेको छ । जनप्रतिनिधिलाई सिकाउने तालिम भन्दै मुलुकभरका वडाध्यक्ष र मेयरलाई काठ्माडौं ल्याइएको छ । यतिबेलै कति जनतालाई नागरिकताको खाँचो परेको होला ? जन्मदर्ता बनाउन वडाध्यक्षको सिफारिस चाहिएको होला ? तर, यसले ती जनप्रतिनिधिलाई केही फरक पारेको छैन् ।
जनताको काम नै छोडेर घुमफिर गर्न काठमाडौं आएका छन् । जनताले तिरेको कर खर्च गरेर उपत्यका भित्रिएका छन् । उनीहरुकै खर्चमा होटलमा बस्ने र मोजमस्ती गर्ने काम पनि भएको छ । भोलि १० हजार खर्च लाग्यो भने एक लाखको बिल पेश गर्छन् । २०६४ सालमा सबैभन्दा बढी भोट पाएर नेकपा माओवादी पहिलो पार्टी बनेको थियो । तर, देश चलाउन नसकेर बीचमै प्रधानमन्त्री पदबाट पुष्पकमल दाहालले राजीनामा दिएको कुरा जनताले बिर्सिएका छैनन् नि ।
पछि कांग्रेसको सहयोगमा फेरि प्रधानमन्त्री हुँदा काम गर्न नसकेको पनि जनतालाई स्मरण नै छ । आफ्नो पार्टीबाट पटकपटक सरकारमा गएका मन्त्रीले काम गर्न नसकेको अझै पनि छर्लग्ङ छ । अब माओवादीका निर्वाचित जनप्रतिनिधिले काम गर्लान् भनेर जनताले विश्वास गर्छन् ? दुई दिने तालिम दिएर जनप्रतिनिधि क्षमतावान हुन्छन् ? कांग्रेसको वैशाखी टेकेर माओवादीले केही स्थानीय तहमा विजयी हासिल गरेको छ ।
कांग्रेसको पछि नहिडेको भए माधव नेपालको जस्तै हालत माओवादीको हुन्थ्यो । अब उनको योजना भनेको जसरी हुन्छ प्रधानमन्त्री पद खानु हो । त्यसका लागि एमालेसँगै मिल्न किन नपरोस् । केपी ओलीको हालत त सबैले देखिसकेका छन् । कांग्रेसले जित्छ कि भन्ने डर एमालेमा पनि छ । एमालेका नेताहरु जसरी हुन्छ दाहाललाई फकाउने कोशिश गरिरहेका छन् ।
कांग्रेससँग गठबन्धन छोड्न उनले तारन्तार भनिरहेका छन् । कांग्रेसले दाहाललाई कहिल्यै पनि चिन्न सकेन् । अब दाहाल र एमाले मिलेर कांग्रेसको सरकार ढाल्ने निश्चित छ । त्यसैले माओवादी घर न घाटको भएको हो । कहिले यता कहिले उता । न दाहालको बोलीको ठेगान छ न उनको । आज यता टासिने भोलि उता लहसिने । भक्तपुर ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार