मृतक बिमित परिवारलाई इन्स्योरेन्स कम्पनीले दियो १४ लाख
नेपालबहस संवाददाता
जेठ २०, २०७९ शुक्रबार १८:१०:१२
२० जेठ, खोटाङ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु भएका बिमितका परिवारलाई बिमा रकम प्रदान गरेको छ । बिमा गरेर मलेसिया गएको अवस्थामा मृत्यु भएका केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा घर भइ हाल दिक्तेलमा बसोबास गरिरहेका जितबहादुर बस्नेतको परिवारलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानीबापत १४ लाख हस्तान्तरण गरेको हो ।
शुक्रबार दिक्तेलमा एक कार्यक्रम आयोजना गरेर कम्पनीका बागमती प्रदेश प्रमुख राजु श्रेष्ठले मृतक बिमितका श्रीमती सुर्जाकुमारी बस्नेतलाई मृत्यु दाबीबापत प्राप्त हुने कुमारी बैंकको चेक हस्तान्तरण गरेका हुन् ।
बस्नेतले वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया जानुअघि १३ फागुन २०७७ मा वैदेशिक रोजगार म्यादी जीवन बिमा गरेका थिए । बिमा गरेर मलेसिया पुगेका बस्नेतको २ असोज २०७८ मा मृत्यु भएको थियो ।
मृतक बिमितको बिमांक दाबी रकमबापत १० लाख, क्रिया खर्चबापत एक लाख, शव ल्याउँदाको खर्चबापत एक लाख र आय नोक्सानीवापत दुई लाख रकम उपलब्ध गराइएको कम्पनीका खोटाङ शाखा प्रमुख नरेन्द्र ढकालले बताए ।
दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यपक पदम बिष्ट, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका ओखलढुंगा शाखा प्रमुख तेजप्रसाद ढकाल, कम्पनीका खोटाङ एजेन्सी मेनेजर मनोज थापा, मृतक परिवारका छिमेकी चन्द्र कार्की लगायतको उपस्थितिमा मृत्यु दावी रकम हस्तान्तरण गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार