नेपालका बाम नेता मिलाउन यान्छी असफल, नयाँ राजदूत पठाउने चीनको तयारी
केदार भट्टराई (काका)
जेठ २०, २०७९ शुक्रबार १९:५६:२२
२० जेठ, काठमाडौं । नेपालका बामशक्तिलाई एक गराउन असफल भएको भन्दै चीन सरकारले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई फिर्ता बोलाएको छ । चीन सरकारले बोलाएपछि दुई महिनाको बिदामा चीन जान लागेको जानकारी उनले नेपालको परराष्ट्र मन्त्रालयलाई गराएकी छन् ।
परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार नेपालमा गणतन्त्र दिवस मनाइरहेका दिन जेठ १५ अर्थात मे २९ मा उनी अकस्मात चीन गएकी हुन् । राजदूत यान्छीले परराष्ट्र मन्त्रालयलाई आफु घरायसी कामले दुईमहिना लामाे बिदामा बस्न लागेकाे जानकारी गराएकी छन् ।
उनले परराष्ट्रलाई दिएको जानकारीमा स्पष्ट उल्लेख नभएपनि नेपालका बाम मिलाउन दिएको जिम्मेवारीमा असफल भएपछि यान्छीलाई चीन सरकारले फिर्ता बोलाएको स्रोतको दावी छ । बाम एकताको लागि कूटनीतिक पहलसहित समय थपेर यान्छीलाई जिम्मेवारी दिइएको थियो ।तर, यी सबै प्रयासमा चीन असफल भएपछि तत्कालका लागि बाम एकता पनि टरेको छ ।
नेपालमा चीनका राजदूतको कार्यकाल प्रायः ३ वर्षको भएपनि उनी साढे तीन वर्षदेखि नेपालमा छन् । यस विषयमा चीन सरकार र सञ्चार माध्यामहरुले केही नजनाएपनि नेपाल-चीन कूटनीतिमा चिनियाँ सरकारले चाहेको भूमिका खोल्न नसकेका कारण यान्छीलाई फिर्ता गरी नयाँ राजदूत नेपाल पठाउन तयारी चीन सरकराको रहेको बताइएको छ ।
औपचारिक रुपमा भने यान्छी फिर्ता गएको आधिकारीक जानकारी चिनियाँ दूतावास र नेपालको परराष्ट्र मन्त्रालयले दिएको छैन् । तर नेपाल मामिलामा यान्छीको प्रयास असफल देखिएकाले लागि चीनले नयाँ राजदूत चाँडै पठाउन सक्ने चीन मामिला सम्बन्धिका जानकारहरु बताउँछन् ।
जानकारहरुका अनुसार नेपालमा अहिले भइरहेको सत्ता गठबन्धन फुटाएर नेपाली कांग्रेसको हातबाट सत्ता फुत्काउन चीन असफल भएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमध्ये एकलाई प्रधानमन्त्री दिएर गठबन्धन फुटाउने चीनकाे रणनीति असफल भएका कारण राजदूत यान्छी बिदाकाे बाहानामा चीन गएकी हुन् ।
चीनले सके पूर्व नेकपालाई फेरी जोड्ने र नसके पूर्वएमालेलाई भएपनि मिलाउने प्रयास गरेको थियो । तर, तत्कालका लागि चीन असफल भएपछि नेपालको बाम एकताको विषय पनि ओझेलमा पर्न थालेको हो । चीन विज्ञहरुको भनाईमा अब तत्काल नेपालमा बाम शक्तिबीच कुनैपनि खालको मिलन हुने सम्भावना टरेको छ ।
चिनियाँ राजदूत होउ यान्छीले यस विषयमा नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरू एमाले र माओवादी केन्द्रको नाम नै लिएर उनीहरूले संयुक्त रूपमा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सक्ने खुल्ला अभिव्यक्ति नै दिँदै आएकी थिइन् ।
पछिल्लो समय सत्ता नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भारतीय जनता पार्टी (भाजपा) सँग सम्बन्ध सुधार्न खोजिरहेका बेला उत्तरी छिमेकी चीनले फेरि नेपालका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रलाई मिलेर अघि बढाउन प्रयास गरेको थियो ।
यसका लागि राजदूत यान्छीलेसमेत ठूलै कसरत गरेकी थिइन् । कांग्रेसको नेतृत्वमा सरकार बनेपछि उत्तरी सीमाको विषय उठ्नुका साथै कांग्रेस र भाजपाबीच संवाद बाक्लिँदै गएपछि सशंकित चीनले नेपालका आफ्ना नजिकका मित्रहरू मिलाउन कोसिस गरेको जानकारहरु बताउँछन् ।
चीनले स्थानीय तहको निर्वाचनमा बाम एक गराउन नसकेपछि आगामी संघ र प्रदेशको निर्वाचनमा आपसी सहकार्य नगरे एमाले र माओवादी केन्द्र खुम्चिने सम्भावना देखेको छ । त्यसलाई ख्याल गरेरै चीनले नेपालका दुई कम्युनिस्ट पार्टीबीच सहकार्य चाहेको थियो । तर, सफल नहुने देखेपछि राजदूत परिवर्तन गर्न लागेको अनुमान गरिएको छ ।
भ्रमणका क्रममा चिनियाँ नेताहरुसँग नेपालको बाम एकताका विषयमा कुराकानी भएको माओवादी नेता देव गुरुङले सार्वजनिक रुपमै भन्दै आएका छन् । तर, यी सबै प्रयासमा चीन असफल भएपछि तत्कालका लागि बाम एकता पनि टरेको छ ।
चिनियाँ राजदूत होउ यान्छीले यस विषयमा नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरू एमाले र माओवादी केन्द्रको नाम नै लिएर उनीहरूले संयुक्त रूपमा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सक्ने खुल्ला अभिव्यक्ति नै दिँदै आएकी थिइन् ।
उनले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) सय वर्ष पुगेको अवसरमा नेपाली नेताहरूको विचारसहितको किताब भर्चुअल विमोचन गर्ने क्रममा एमाले र माओवादीको बयान गर्दै पार्टी फेरी एक हुन आवश्यक रहेको बताएकी थिइन् । यसलाई कतिपयले चिनियाँ कम्युनिस्ट पार्टीका नाताले नेपालका कम्युनिस्ट पार्टीप्रति चिनियाँ राजदूत होउबाट सद्भाव व्यक्त भएको मानेका थिए ।
चिनियाँ राजदूत होउले बामपन्थीसँग एकताको दवाव बढाउन २०७८ चैत पहिलो साता नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुलाई चीन जाने वातावरणसमेत मिलाई दिएकी थिइन् । एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले टोली चीन गएको पाँच दिनपछि माओवादी केन्द्रका नेता देव गुरुङको नेतृत्वमा टोली चीन गएको थियो ।
भ्रमणका क्रममा चिनियाँ नेताहरुसँग नेपालको बाम एकताका विषयमा कुराकानी भएको माओवादी नेता देव गुरुङले सार्वजनिक रुपमै भन्दै आएका छन् । तर, यी सबै प्रयासमा चीन असफल भएपछि तत्कालका लागि बाम एकता पनि टरेको छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार