मधेश प्रदेशमा एकहप्ता भित्र तीन जना प्रधानाध्यापक पक्राउ
नेपालबहस संवाददाता
जेठ २०, २०७९ शुक्रबार २२:१८:२५
२० जेठ, महोत्तरी । मधेस प्रदेशमा ७ दिनभित्र घुस लिएको आरोपमा ३ जना प्रधानाध्यापक पक्राउ परेका छन् । १२ जेठमा श्री विश्वेश्वर प्रसाद कोइराला आदर्श मावि जोकाहा रौतहटका राकेश श्रेष्ठ, १८ जेठमा नेपाल विद्यापीठ उच्च माध्यमिक विद्यालय श्रीपुर, वीरगन्ज पर्साका बलराम श्रेष्ठ र १९ जेठमा श्रीमावी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल पक्राउ परेका हुन् ।
१२ जेठमा पक्राउ परेका रौतहटका राकेश श्रेष्ठ र १९ जेठमा पक्राउ परेका महोत्तरीका रामदिनेश मण्डल क्रमशः ५० हजार र ३ लाख रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङगेहात पक्राउ गरेको थियो भने पर्साका बलराम श्रेष्ठलाई विद्यालयको भौतिक पूर्वाधार निर्माणमा ३० लाख भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरिएको हो ।
हिजो महोत्तरीको एकडारा गाउँपालिका १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रअ रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवानलाई ५० हजार घुसको रकम सहित पक्राउ गरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल र बर्दिबासको संयुक्त टोलीले दुवै जनालाई जलेश्वर नगरपालिका २ स्थित मामाज किचेन होटेलबाट पक्राउ गरेको हो ।
विद्यालयमा भवन निर्माण प्रयोजनको भुक्तानीको लागि निर्माण व्यवसायीबाट ५० हजार रुपैयाँ घुस लिइरहेको बखत दुवैजनालाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार