कैलालीमा समस्या बन्दै एकातिर सामुदायिक चौपाया अर्कोतिर रासायनिक मल
नेपालबहस संवाददाता
जेठ २०, २०७९ शुक्रबार २२:४९:०
♦ झलनाथ खनाल
२० जेठ, भजनी । कैलालीको टीकापुर नगरपालिका(३ का आशिष जनाला यस वर्ष धान खेती गर्ने कि, नगर्ने अझै दोधारमा छन् । सडकसँगै जोडिएको उनको १० कट्ठा जग्गा उत्पादनका लागि राम्रो भए पनि सामुदायिक छाडा चौपायाले लगाएको अन्नबाली बर्सेनि सखाप पार्ने भएकाले खेती गर्ने कि, नगर्ने भन्नेमा दोधारमा छन्।
“खेती लगाउँदा मेहनत निकै हुन्छ । ऋण निकालेर खेती ग-यो भित्र्याउँदा लागत पनि आउँदैन । सामुदायिक छाडा चौपायाले बाली जोगाउन मुस्किल हुने भएपछि खेती नगर्ने कि भन्ने मनस्थिति बनाएको छु”, आशिषले भने, “एकातिर सामुदायिक छाडा चौपायाको सास्ती छ भने अर्कोतिर रासायनिक मलको सहजता पनि छैन ।”
भजनी नपा–८ का शन्तराम चौधरी मन नलागी नलागी धानको ब्याड राखेको बताए । उनले दुई बिघामा धानखेती गर्ने योजना बनाएका छन् । उनलाई सामुदायिक छाडा चौपायाको मात्रै समस्या छैन उनलाई अन्य समस्याले पनि सताएको छ । “सामुदायिक छाडा चौपायाको समस्या हाम्रा लागि चुनौतीका रुपमा देखिएको समस्या हो ।
त्योसँगै वर्षात्को बाढीका कारण हुने डुबान र खेती गर्दा देखिने मलको अभावले खेती गर्ने मन लाग्दैन”, शन्तरामले भने, “डुबान बढी भयो भने लगाएको खेती सबै खेतमै विलय हुन्छ । बर्सेनि रासायनिक मलको प्रयोग गर्दै आएको हुँदा मल नहाले त खेती फस्टाउँदैन । के गर्ने के नगर्ने अन्योलमै छौँ ।”
भजनीकै ६ नं वडाका बिन्तिराम चौधरीलाई सामुदायिक छाडा चौपायाले दिएको दुःख सम्झिँदा खेती गर्न मन लाग्दैन । हिउँदमा गरेको गहुँ खेती जोगाउन पुसको शीतलहर त्रिपालभित्र खेतमै बिताए बिन्तिराम खेती गरेर किसानलाई निकै नोक्सान हुन थालेको बताए । “चाहिएको समयमा मल पाइँदैन ।
बाली भित्र्याउँदा गरेको लगानी पनि आउँदैन । खर्च नगरी खेती हुँदैन”, बिन्तिरामले भने, “सामुदायिक छाडा चौपाया व्यवस्थापनमा सरकारले बर्सेनि लाखौँ खर्च गरेको सुनिन्छ तर, चौपाया व्यवस्थापन भएको देखिँदैन ।” अधिकांश स्थानीय तहमा गौशाला निर्माण गरिएका छन् ।
ती गौशालामाभन्दा बढी चौपाया सडकमा देखिन्छन् । अब वर्षायाममा किसानले खेती लगाउने र चौपाया सडकमा ल्याएर छोड्ने गरेका कारण पनि बर्सेनि चौपायाको सङ्ख्या बढ्दै गएको बताइन्छ ।
किसानले खेती गर्न पालेका चौपाया बुढो भएपछि सडकमा ल्याएर छोड्ने चलन छ । दूध दिँदासम्म घरमा पालेका गाई दूध दिन छोडेसँगै सडकमा ल्याएर अलपत्र छोड्ने चलन भएका कारणले पनि सामुदायिक चौपायाको सङ्ख्या बर्सेनि बढ्दै गएको देखिन्छ ।
एउटा स्थानीय तहले सामुदायिक छाडा चौपाया व्यवस्थापनका लागि रु १५ लाखभन्दा बढी रकम खर्च गर्दै आएका छन् । त्यसबाट कुनै प्रतिफल भने आउन सकेको छैन । “एउटै पालिकाले चाहेर चौपाया व्यवस्थापन गर्न सक्दैन । छिमेकी पालिकासँग समन्वय गरेर साझा एजेन्डाका रुपमा सामुदायिक चौपाया व्यवस्थापनमा विकल्प छैन टीकापुरका नगरप्रमुख रामलाल डगौँरा थारुले भने, “चौपाया व्यवस्थापन गर्न सकिएन भने हाम्रा उब्जनी हुने जमिन बाँझो रहने चिन्ता बढ्दै गएको छ ।
यसलाई साझा कार्यक्रममार्फत दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने तयारी नगरले गरिरहेको छ ।” उनले नगरले निर्माण गरेको गौशालालाई व्यवस्थित गरेर सँगै निर्माण भएको बायो ग्यास प्लान्टबाट ग्यास उत्पादन गरेर स्थानीयलाई वितरण गर्ने कार्यमा यथाशीघ्र ध्यान दिने बताए ।
जानकी गाउँपालिकाको पहिलो कार्यपालिकाको बैठकबाट सामुदायिक छाडा चौपाया व्यवस्थापन गरिने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले सबैभन्दा जटिल समस्यामध्ये सामुदायिक छाडा चौपाया व्यवस्थापन प्रमुख भएको बताउँदै सामुदायिक चौपाया व्यवस्थापनलाई आम्दानी र रोजगारीसँग जोडेर अगाडि बढ्ने योजना बनाइएको बताए ।
“सामुदायिक छाडा चौपाया व्यवस्थापनलाई उत्पादनसँग जोडेर अगाडि बढ्ने योजना बनाउँदा एकातिर रोजगारीको अवसर सिर्जना गर्न सक्छ भने अर्कोतिर किसानलाई पनि राहत हुन्छ”, अध्यक्ष चौधरीले भने, “त्यहाँबाट उत्पादन भएको वस्तुको बजारीकरण गरेर गाउँपालिकाको आन्तरिक स्रोतको माध्यम बनाउनेछौँ । तर पहिला छिमेकी पालिकासँग साझा योजनाका रुपमा सामुदायिक छाडा पशु चौपाया व्यवस्थापन गर्न पहल गर्छौं ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार